आन्तरिक राजस्व कार्यालय सिमराबाट साढे पाँच अर्ब राजस्व सङ्कलन

कलैया । आन्तरिक राजश्व कार्यालय सिमरा बाराले आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि मङ्सिरसम्म पाँच महिनामा अन्तःशुल्क, स्वास्थ्य सेवा शुल्क, मूल्य अभिवृद्धि कर, आयकर, घर बहाल कर, ब्याज कर र शिक्षा करसमेत गरी रु पाँच अर्ब ३१ करोड ९७ लाख ५४ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले ०७८ साउनदेखि ०७८ मङ्सिरसम्म अन्तःशुल्क कर रु तीन […]

सम्बन्धित सामग्री

लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व संकलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै राजस्व संकलन भएको हो । लक्ष्यको ७७ दशमलव ९४ प्रतिशतमात्रै राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी हरिराम ढकालले […]

आन्तरिक राजस्व कार्यालय हेटौंडाको लक्ष्यभन्दा कम राजस्व संकलन

हेटौंडा । आन्तरिक राजस्व कार्यालय हेटौंडाले चालु आर्थिक वर्षको नौ महिनामा रू ४ अर्ब ४ करोड ३८ लाख राजस्व सङ्कलन गरेको छ ।  चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य रू ४ अर्ब ३५ करोड नौ लाख  रहेकामा सो कार्यालयले उक्त अवधिमा रू ४ अर्ब ४ करोड ३८ लाख राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै रू ३१ करोड कम राजस्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकरवापत रू ५८ करोड ५९ लाख २१ हजार, घरवहाल करवापत रू एक करोड दुई लाख ८४ हजार, ब्याज करवापत रू चार करोड ७३ लाख नौ हजार, मूल्यअभिवृद्धि करवापत रू ६० करोड १६ लाख १३ हजार, स्वास्थ्य करवापत रू ४२ करोड १३ लाख ५२ हजार तथा शिक्षाकरवापत रू चार हजार राजस्व सङ्कलन भएको जानकारी दिएको छ । बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ । रासस

चार अर्ब १७ करोड राजस्व सङ्कलन

बनियानी । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७८/७९ मा चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यको ९८ प्रतिशत अर्थात् रु चार अर्ब १६ करोड ९५ लाख ७४ हजार राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए । आव २०७८/७९ मा कार्यालयले रु चार अर्ब २४ करोड ७४ लाख […]

नवलपुरमा उठ्यो रु २४ अर्ब राजस्व

काठमाडौँ,४ साउन । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेन । कार्यालयले गत आवका लागि पाएको लक्ष्यभन्दा रु ४१ करोड ५२ लाख २२ हजार कम राजस्व सङ्कलन भएको हो । सो कार्यालयका प्रमुख कर अधिकृत टेकबहादुर अर्यालले गत आर्थिक वर्ष २०७८÷७९ मा रु २४ अर्ब ११ करोड […]

लक्ष्यभन्दा दुई अर्ब बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय कावासोतीले चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम चौमासिकमा लक्ष्यभन्दा झण्डै रु दुई अर्ब बढी राजस्व असुली गरेको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत अमृत अधिकारीका अनुसार कार्यालयले चालु आवको प्रथम चौमासिकमा लक्ष्यभन्दा रु एक अर्ब ९४ करोड ८९ लाख पाँच हजार बढी राजस्व असुली गरेको हो । कार्यालयले कात्तिक मसान्तसम्म रु पाँच अर्ब ८१ करोड ४२ लाख ६६ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा रु सात अर्ब ७६ करोड ३१ लाख ७१ हजार राजस्व सङ्कलन गर्न सफल भएको अधिकारीले जानकारी दिनु

बागलुङमा कर सङ्कलन ३३ प्रतिशत बढी

आन्तरिक राजस्व कार्यालय बागलुङले आफ्नो लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न थालेको छ । कोरोना महामारी र निषेधाज्ञा नभएपछि बढेको व्यावसायिक क्रियाकलाप र सहज आउजाउको अवस्थाले राजस्व सङ्कलन सहज भएको राजस्व अधिकृत महेन्द्र नेपालले बताए ।‘‘धेरै जनामा आफ्नो कर समयमै तिर्नुपर्छ भन्ने मान्यताको विकास भएको छ’’, नेपालले भने, ‘‘बाध्यात्मक अवस्था बाहेक कर समयमै उठ्ने गरेको छ ।’’ करदाता सेवा कार्यालयबाट स्तरोन्नति भएर आन्तरिक राजस्व कार्यालय बनेपछि बागलुङमा करदा

लक्ष्यभन्दा ५८ करोड बढी राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल रु दुई अर्ब ८७ करोड ५२ लाख राजस्व सङ्कलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।सो अवधिमा कार्यालयले कूल रु दुई अर्ब २८ करोड ८६ लाख राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ५८ करोड ६६ लाख राजस्व बढी सङ्कलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । सङ्कलित राजस्वमा आयकर रु ९७ करोड २८ लाख, मूल्य अभिवृद्धि कर रु ९२ करोड ८८ लाख र अन्तःशुल्क रु ८९ करोड ६८ लाख छ ।लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल रु दुई अर्ब

तनहुँमा लक्ष्यको ९९ प्रतिशत राजस्व सङ्कलन

दमौली /आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।  कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो

भद्रपुरबाट रु चार अर्ब ११ करोड राजस्व सङ्कलन

झापा, २ साउन: आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७-७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु […]

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन  गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताए । अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले रु तीन अर