समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरका विद्यालयमा पठनपाठनमा समस्या भएको छ । नयाँ शैक्षिकसत्र सुरुआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ । भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नसक्दा पठनपाठनमा समस्या भएको हो । बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन् ।जिल्लाको उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–४ बलाम्ताको परशुराम पद्मा माविका कक्षा १० मा अध्ययनरत छात्र सुरेन्द्र राईले पढ्ने पुस्तक नभएको गुनासो गरे । जिल्ला सदर