काठमाण्डाै – गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति आउने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा गभर्नर अधिकारीले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउने बताउनुभएकाे हाे । उहाँले समग्र देशको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गरिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउँछ । बजेटले राखेको मूल्यको दरभित्र रह...