मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रमहरुमा निकै व्यस्त छन् । मौद्रिक नीतिकै लागि भन्दै गभर्नर दिनहुँजसो २–४ वटा कार्यक्रममा पुग्ने गरेका छन् र सुझाव लिने गरेका छन् । तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् । उक्त कार्यक्रममा गभर्नर अधिकारी नै जाने पूर्वनिर्धारित सेड्युल रहेपनि अन्तमा आफु नगएर गभर्नर अधिकारीले डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठा