मौसममा आएको बदलाव र अरू कारणले लामखुट्टे, भुसुना जस्ता तराईका रोग सार्ने कीराहरू पहाड र हिमाल उक्लिन थालेपछि 'कीटजन्य' रोग पनि हिमालसम्मै फैलिन थालेको छ ।
चितवन । देशभर लम्पीस्किनका कारण पशु बिरामी भईरहेका बेला चितवनमा पनि यसको असर बढ्दै गएको पाईएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार हाल जेठको तेस्रो सातासम्म ३ हजार ८६ गाई र २५२ भैंसी गरी ३ हजार ४ सय १८ गाईभैसीमा लम्पीस्किनको सङ्क्रमण देखिएको छ भने ८० गाईभैसी यस रोगको कारण मरेका छन् ।
जिल्लाका ७ ओटै पालिकामा लम्पीस्किन फैलिएको अस्पतालका बरिष्ठ पशु विकास अधिकृत शुशिल केसीले जानकारी दिए । लम्पीस्किनको सङ्क्रमणबाट चितवनका सात पालिका मध्ये राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएको उनले बताए ।
राप्ती नगरपालिकामा १ हजार ४०५, कालिका नगरपालिकामा २६५, खैरहनी नगरपालिकामा २०४, भरतपुर महानगरपालिकामा २२५, रत्ननगर नगरपालिकामा ११४, इच्छाकामना गाउपालिकमा ९५२, माडी नगरपालिकामा २५३ पशुलाई लम्पीस्किनको सङ्क्रमण देखिएको हो । अन्य पालिका भन्दा खैरहनी नगरपालिकामा भने कम सङ्ख्या पशुमा सङ्क्रमण देखिएको छ । लम्पिस्कीनबाट ८४ ओटा गाईभैसी मरेको डा.केसीले बताए।
जस अनुसार इच्छाकामना गाउपालिकामा ४९ ओटा , भरतपुर महानगरपालिकामा १३, राप्ती नगरपालिकामा १०, कालिका र रत्ननगर नगरपालिकामा ४/४ ओटा गाईभैसी लम्पीस्किनको सङ्क्रमणबाट मरेका थिए ।
लम्पीस्किन भाइरल रोग भएको र झिँगा, भुसुना, लामखुट्टे विभिन्न किराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाठाँगुठी आउने, पशुवस्तुलाई कमजोर बनाउने अस्पतालका अधिकृत डा. रशिन पाण्डेले जानकारी दिए ।
सङ्क्रमण फैलिन नदिन गोठ वरीपरी सफा गर्ने, जैबिक सुरक्षामा ध्यान दिने, अन्यपशुसँग नराख्ने, चरनमा नलैजाने, पशुवस्तुको इम्युनिटी पावर वृद्धि गर्न खोप लगाउने जस्ता काम गर्नुपर्ने उनको भनाई छ । यस रोगको रोकथामा र न्युनिकरणको लागि पशु सेवा विज्ञ केन्द्र चितवनले ७ ओटै पालिकामा जैविक सुरक्षा समबन्धी कार्यक्रम, औषधी वितरण, खोप वितरण गरिरहेको छ । चितवनमा यो रोग २०७७ साल असारको पहिलो हप्ता खैरहनी नगरपालिकामा पहिलो पटक देखिएको थियो ।
ललितपुर : गर्मीयाम सुरु भएलगत्तै देशभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ। लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिंँगाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ। पशु सेवा विकासका सूचना अधिकारी डा. चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु संक्रमित भएको सूचना आएको जानकारी दिए। नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी
काठमाडौँ – गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ । पशु सेवा विकासका सूचना अधिकारी डा चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु सङ्क्रमित भएको […]
भक्तपुर– संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक शनिबार र्याली आयोजना गरेको छ । भक्तपुर नगरको दुधपाटीबाट सुरु भएकोे र्यालीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी एवं सहकारीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो । ठाउँठाउँमा चुन, फिंडेल छर्कदै, पर्चा वितरण र पम्प्लेटहरु झुन्ड्याउँदै डेंगु रोग रोकथाममा सचेतना अभियान सञ्चालन गरेका हुन् । लामखुट्टे, भुसुना प्राणी […]
भुसुना, साङ्ला, मुसा, लामखुट्टे, उपियाँ, धमिरा, झिँगाजस्ता किराफट्यांग्रा मार्न मानिसले टन्नै खर्च गर्ने गरेका छन् । औषधि, विद्युतीय ब्याट र विष किन्नेको संख्या अत्यधिक देखेपछि वसुन्धराका विद्यानन्द झाले सन् २०१२ मा किट नियन्त्रण र सफाइ सेवा प्रदान गर्न आइडिया निकाले । तर यसलाई कसरी व्यावसायिक रूप दिने भन्नेमा उनलाई अलमल भयो ।