भुसुना, साङ्ला, मुसा, लामखुट्टे, उपियाँ, धमिरा, झिँगाजस्ता किराफट्यांग्रा मार्न मानिसले टन्नै खर्च गर्ने गरेका छन् । औषधि, विद्युतीय ब्याट र विष किन्नेको संख्या अत्यधिक देखेपछि वसुन्धराका विद्यानन्द झाले सन् २०१२ मा किट नियन्त्रण र सफाइ सेवा प्रदान गर्न आइडिया निकाले । तर यसलाई कसरी व्यावसायिक रूप दिने भन्नेमा उनलाई अलमल भयो ।