ललितपुर : गर्मीयाम सुरु भएलगत्तै देशभर लम्पी स्किन रोगको प्रकोप फैलिएको छ। लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिंँगाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ। पशु सेवा विकासका सूचना अधिकारी डा. चन्द्र ढकालले पछिल्लो समय हिमाली जिल्लाबाट लम्पी स्किन रोगका कारण पशु संक्रमित भएको सूचना आएको जानकारी दिए। नेपालमा हालसम्म करिब पाँच लाख पशु लम्पी स्किन रोगबाट संक्रमित भएको र करिब छ हजार पशु मरेको सूचना अधिकारी ढकालले जानकारी