काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ४ जना नेताको रिटको आइतबार सुनुवाइ हुने सूचीमा छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो । बिहीबार वारेस तिलकबहादुर थापामार्फत् चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्नेमा माधव नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भसाल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी तरिकाले आफूहरुलाई स्पष्टीकरण सोधेको र निलम्बन गरेको विरुद्ध उनीहरु