नागरिकता विधेयक प्रमाणीकरण नगरी संविधानको उल्लंघन गरेको भन्दै परेको सबै रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ । राष्ट्रपति कार्यालय तथा राष्ट्रपति विरुद्धसमेत दर्ता भएको ५ वटै रिट न्यायाधीश शर्माको इजलासमा परेको हो । शुक्रबार पेसीका लागि इजलासमा चढेको भएपनि राष्ट्रपति कार्यालयविरुद्धका सबै रिटहरु ३२ नम्बर अर्थात् 'स' मा परेको छ । त्यसभन्दा अगाडि धेरै रिट निवेदनहरु रहेको कारण शुक्रबार उक्त रिटमाथि सुनुवाई हुने सम्भावना भने निकै कम छ । राष्ट्रपति विद्यादेवी भण्डारी