लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली एक्कासि बेहोस भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल पुगेकी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले बताए। डा. ढकालले भने, प्रेसर र सुगरको मात्रा बढी छ, मेडिसिन विभागले हेरेको छ, सबै रिपोर्ट आउँन बाँकी छ, स्लाइन दिएर क्याबिनमा उपचार थालिएको छ ।”