स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । डेंगु संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका राज्यमन्त्री केसी आइतबार १६ औं दिनमा डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा सुधार आएपछि केसी डिस्चार्ज भएको वीर अस्पतालका निमित्त निर्देशक डा. भुपेन्द्र बस्नेतले जानकारी दिए । केसीलाई शरीरका हाड जोर्नी दुख्ने, शरीर गल्ने, ज्वरो आउने समस्या देखिएको थियो । सुरुमा उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको थियो । त्यसपछि वीर अस्पताल रिफर गरिएको हो । अह