एक अर्ब ५३ करोडले लगाए अहिलेसम्म भ्याक्सिन तर विपन्न देश अझै प्रतिक्षामा
कोरोना भाइरस महामारीबाट सुरक्षित रहने एक मात्र उपाय नै यसविरुद्ध भ्याक्सिन (खोप) लगाउनु हो । जति धेरैले खोप लगाउँछन्, त्यति नै कोरोना भाइरसमाथि जित प्राप्त हुन्छ । अहिले विश्वभरि कोरोनाको दोस्रो लहर...
दुहवी– सहकारीमार्फत गरिब विपन्न समुदायका नागरिक आर्थिक सशक्तिकरणमा जोडिएको सांसद भगबती चौधरीले बताएकी छन्। सहकारीमार्फत गाउँघरमा छरिएर रहेका स–साना पुँजीहरु एकीकृत गरी लगानी गरे मुलुकको गरिबी निवारणमा समेत महत्वपूर्ण योगदान पुग्ने भन्दै चौधरीले सरकारले देश विकासमा सहकारीहरुलाई समेत सँगै लिएर जानुपर्ने बताइन्। आइतबार सुनसरीको दुहवीमा रहेको फोरवार्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं […]
संयुक्त राज्य अमेरिका (यूएसए) विश्वको एक ठूलो, शक्तिशाली, विकसित र धनी राष्ट्र हो । करीब वर्षको एकपटक म यूएसएको भ्रमण गर्ने गर्छु । भ्रमणको उद्देश्य विशेषगरेर परिवारसँगको भेटघाटका लागि हुन्छ । यसपालिको भ्रमणमा मेरो बसाइ बोस्टनमा रह्यो ।
मेरो नातिको नाम आदि हो । म उसलाई विद्यालय लैजाने र ल्याउने गर्छु । विद्यालयको नजिकै कार मर्मत गर्ने व्यापारिक केन्द्र छ । उक्त केन्द्रमा धेरै मान्छे कार्यरत छन् । तीमध्ये एकजना कामदार बिहान बेलुका आदिलाई भेट्न चाहन्छ । त्यस्तैगरेर आदि पनि उसलाई भेट्न चाहन्छ । आदि उसलाई बिग जर्ज भन्ने गर्छ । जब आदिले उसलाई देख्छ मेरो साथ छोडेर उसलाई भेट्न दौडेर पुग्छ । दुवै अत्यन्त खुशी हुन्छन् । एकअर्काले फिस्ट बम्प गरेर हात मिलाउँछन् । विद्यालयबाट घर फर्कंदा आदि उसलाई भेट्न अत्यन्त उत्साहित हुन्छ । यसको कारण उसले आदिलाई क्यान्डी वा आइसक्रिम दिने गर्छ ।
तर, यो संयोग मात्र हो । ऊ सधंै आफ्नो काममा व्यस्त हुन्छ । जे होस् आदि र बिग जर्ज एकअर्काका मिल्ने साथीका रूपमा परिचित छन् । कहिलेकाहीँ बाटोमा जमैका प्लेनमा अवस्थित बोस्टन हाइ स्कूलअगाडिको खेल मैदानमा खेल्ने गर्छ । खेल मैदानमा अरू बच्चाबच्ची पनि हुन्छन् । त्यसैले आदि कहिलेकाहीँ त्यहाँ गएर खेल्न चाहन्छ । जे चाहन्छ, उसको इच्छा पुर्याउनु मेरो कर्तव्य हो । यसै सिलसिलामा अमेरिकी समाजको नजिकबाट अध्ययन गर्नेभन्दा पनि बाटोमा आउँदा जाँदाका दृश्यहरूको अवलोकन गर्ने मौका पाएँ जसको केही अंश तलका हरफमा प्रस्तुत गर्ने जमर्को गरेको छु ।
धनी मुलुकहरूमा धनी र गरीबको संसार नै फरक हुँदो रहेछ । गरीबहरू मगन्ते हुँदा रहेछन् भने धनीहरूको गल्फ क्लब, आफ्नै हवाईजहाज, याच आदि हुनेरहेछन् । सीमित आम्दानीमा निर्भर रहने मानिसहरूका लागि भने यी सबै सपना मात्र हुन् । खानकै लागि रेन्टुराँमा माग्न जानेको संख्या पनि अमेरिकामा प्रशस्त रहेछ ।
नातिको विद्यालयपछाडि एउटा चारओटा सटर भएको घर देखिन्छ । मानिसहरू कार सवारमा कुकुर लिएर आउने जाने गरेको दैनिक रूपले देखिरहन्थेँ । किन कुकुर त्यहाँ ल्याइन्छ लगिन्छ के हो त्यसको उद्देश्यको आदिबारेमा म अनभिज्ञ थिएँ । म जस्तै बच्चा विद्यालयमा लैजाने ल्याउने एक जना भलाद्मीसँग मैले प्रश्न गरेँ, उनले जवाफ दिए, यो घरमा कुकुरको रेखदेख गरिन्छ । अनि मलाई जानकारी भयो मानिसहरू काममा जानका लागि कुकुर रेखदेखका लागि पैसा तिरेर त्यहाँ ल्याउने लैजाने गर्दा रहेछन् । कुकुर हेर्नका लागि यो भवन भाडामा लिइएको रहेछ । कारमा कुकुर सवार गरेर ल्याउने मानिसहरूका लागि पर्याप्त पार्किङ नभएका कारण उनीहरू पालो पर्खेर बसिरहेका हुन्छन् । उनीहरू कुकुर हेर्ने मानिसलाई जिम्मा लगाउँछन् र आआफ्नो बाटो लाग्छन् । त्यस्तैगरेर तिनै मानिस बेलुका कुकुर लिन आउने गर्छन् । विद्यालयबाट नाति लिएर घर फर्कंदा बाटोको दायाँबायाँमा रहेको खाली चौरमा कुकुर लिएर वरिपरि बस्तीका धनी मानिसहरू कुकुरसँग भकुन्डो खेलेर रमाइरहेका हुन्छन् । अमेरिकाका सापेक्षित धनी मानिसहरूको यो एक प्रकारको जीवनशैली रहेछ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । अझ धनाढ्य परिवार वा मानिसहरूको साथमा कुकुर त नहुने कुरै भएन । उनीहरूको जीवनशैली र रहनसहनका बारेमा कल्पनासम्म पनि गर्न सकिँदैन । नेपालमा पनि कुकुरका शौखिनहरू छन् तर यसरी कुकुरको हेरचाह गर्ने प्रवृत्ति भने छैन । बूढो भएपछि छाडिदिने र सार्वजनिक ठाउँमा कुकुरलाई डुलाउने बानी नेपालमा छ ।
धनी मुलुकहरूमा धनी र गरीबको संसार नै फरक हुँदो रहेछ । गरीबहरू मगन्ते हुँदा रहेछन् भने धनीहरूको गल्फ क्लब हुँदो रहेछ जहाँ धनाढ्यहरू खेल्ने गर्छन् । धनीहरूको आफ्नै हवाईजहाज, याच आदि छन् जसबाट उनीहरू यात्रा गरिरहेका हुन्छन् । तर, सीमित आम्दानीमा निर्भर रहने मानिसहरूका लागि भने यी सबै सपना मात्र हुन् । खानकै लागि रेन्टुराँमा माग्न जानेको संख्या पनि अमेरिकामा प्रशस्त रहेछ ।
नेपालजस्तो निर्धन मुलुकमा मानिसहरूको जीविकोपार्जनका लागि अवसरहरू सीमित हुन्छन् । मानिसहरूले गरिखाने ठाउँहरू जस्तै जग्गाजमीन, रोजगार आदिको अभाव हुन्छ । अर्थात् धेरै मानिस बेरोजगार हुन्छन् । फलस्वरूप मानिसहरूको जीविकोपार्जन मागेर हुने गर्छ । अधिकांश निर्धन मुलुकहरूमा गरीबी हुने हुनाले केही मानिस मागेर निर्वाह गरिरहेका हुन्छन् । सडकका दायाँबायाँका किनारहरू, सडक क्रसिङका ठाउँहरू, धार्मिक स्थलहरूमा गरीब र असहाय मानिसहरूको जीविकोपार्जन मागेर नै हुने गर्छ । यसो हुनुको कारण सबै मानिसहरूका लागि सामाजिक सुरक्षा भत्ता आदिको अभाव रहेको हुन्छ । तर, विकसित मुलुकहरूमा सामाजिक सुरक्षामा अधिकांश नागरिकलाई समेट्ने गरी प्रवाह गरिएको हुन्छ । तैपनि यसले सबै नागरिकलाई नसमेट्ने रहेछ क्यार । समेट्ने भए त सडकमा मगन्तेहरू नदेखिनुपर्ने हो ।
मेरो दैनिकीको क्रममा फुटपाथको कुनै एक कुनामा एक जना वृद्धा उभिएकी थिइन् । उनको नजिकबाट जाने आउने मानिसहरूको लावालस्कर नै थियो । सबैसँग पैसा मागिरहेकी थिइन् । जब म उनको नजिक पुगें उनले मसँग पनि एक कप कफी खानका लागि पैसा मागेकी थिइन् । तर, मसँग पैसा थिएन । अर्को कुनै दिन म केही आवश्यक सामान किनमेल गर्न जमइका प्लेनबाट रक्सबरीतर्फ गाडीमा गइरहेको थिएँ । जमइका प्लेन र रक्सबरीको बीचमा धेरै चौबाटा छन् । यसमध्ये कुनै एउटा चौबाटोमा म चढेको सवारीलगायत सबै त्यसतर्फ जाने सवारीसाधन रोकिएका थिए । बाटोमा ट्राफिक जाम थियो । दुईतीन जना काम गर्ने उमेरका मानिस प्रत्येक सवारीसाधनका शिशाका झ्याल–झ्यालबाट पैसा मागिरहेका थिए ।
कुनै एउटा कामको सिलसिलामा म क्यालिफोर्नियाको लस एन्जलस पुगेको थिएँ । त्यहाँ पनि घरविहीन मानिसहरू पर्याप्त हुँदा रहेछन् । यस प्रकारका मानिसहरूको छहारी आकाश नै रहेछ । मानिसहरू फुटपाथका रूखका फेदहरूमा खाने, बस्ने र सुत्ने दृश्यहरू देख्ने मौका पाएँ । सान्तमोनिकाको कुनै एउटा रूखको फेदमा खाना पकाउने, खाने र सुत्ने मानिसहरूको एउटा समूह नै देख्न सकिन्छ । यो अमेरिकाको एउटा शहरको मात्र दृश्य होइन । यस प्रकारका दृश्यहरू जुनसुकै शहरहरूमा पाउन वा देख्न सकिन्छ । यसको तात्पर्य के हो भने विश्वको धनाढ्य देश जहाँ सामाजिक सुरक्षाको व्यवस्था छ त्यहाँ पनि माग्ने र घरबारविहीन मानिसहरू पर्याप्त मात्रामा हुँदा रहेछन् । यस प्रकारका मानिसहरू अमेरिकामा हुन्छन् भन्ने कुरा मेरो मस्तिष्कमा थिएन । कल्पना थियो, अमेरिका सबैका लागि स्वर्ग हो । सबै मानिस धनी र घरबारयुक्त हुन्छन् भन्ने कल्पना झूटो सबित हुन पुग्यो । तर, कर्ममा दत्तचित्त भएर लागेकाहरू भने प्राय: सबै धनी नै हुने रहेछन् ।
लेखक अर्थशास्त्री हुन् ।
दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छसत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छहजारौं जनताको आहुतिको खै क्षमा याचना ! सम्बोधन ?तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ झट्ट सुन्दा यी पङ्क्ति राजनैतिक आक्रोशको जोशिलो अभिव्यक्तिजस्तो देखिन्छ । सडकमा उभिएर कुनै आक्रोशित युवाले लगाएको नाराजस्तो भान पनि पर्छ । तर पढेर मनन गरेपछि यी पङ्क्तिले पाठक र स्रोतालाई एकछिन गम्भीर बनाउँछन्, सोचमग्न बनाउँछन् । पाठकको मनमा कुतूहल र जिज्ञासा जगाउँछन् । यी पङ्क्तिमा विपन्न, असहाय र निम
काठमाण्डाै - गरिब तथा विपन्न देशमा कोभ्याक्स अन्तर्गतको कोरोनाविरुद्धको खोप वितरण सुरु भएको छ ।
कोभ्याक्स अन्तर्गत गरिब तथा विपन्न देशमा वितरण गरिने भनिएको खोप घाना पुगेको हो । कोभ्याक्स अन्तर्गतको खोप पाउने घाना पहिलो देश बनेको छ ।
एस्ट्राजेनेकाले उत्पादन गरेको खोप संयुक्त राष्ट्र सङ्घको पहलमा कोभ्यासमार्फत् पहिलोपटक घानाको राजधानी अँकारा पुर्याइएको हाे । त्यहाँ ६ लाख डोज खोप पुगेको बीबीसीले जनाएको छ ।
खोप पहिलो चरणमा स्वास्थ्यकर्मीले पाउने छन् । कोरोनाविरुद्धको खोप सम्पन्न देशले मात्रै खरिद गर्न सक्ने हु...