विष्णु तिमिल्सिना, बर्दिया । कोभिड १९ को नकारात्मक मानिसहरुमा मात्र नभएर बर्दियाका खाता जैविक मार्गमा रहेका सामुदायिकबनहरुको संयुक्त प्रयासमा संचालित बेल जुस उद्योगमा पनि दुषप्रभाव परेको छ । मधुवन नगरपालिका वार्ड न २ ओराली बजारमा रहेको नव दुर्गा सामुदायिक बेल उद्योग बाट विगत वर्षहरुमा ५० देखि ६० हजार (५ सय ग्राम) बोटल जुस उत्पादन हुने […]
कोरोना विषाणु (कोभिड–१९) को प्रत्यक्ष असर जति तीक्ष्ण तथा भयावह छ, दूरगामी रूपमा यसले पार्ने दुष्प्रभाव असामान्य रहने आकलन गरिँदैछ । दिनहुँ ज्याला गरेर पेट पाल्नेका लागि मात्र होइन, ससाना व्यापारी, उद्यमी, व्यवसायीलगायत हरेक क्षेत्रमा अन्योल र छटपटी बढ्दो छ । विप्रेषण घट्ने, स्वदेश फर्कनेको लर्को बढ्ने र तिनलाई तथा यहीँ भएका बेरोजगारलाई समेत कसरी आयमूलक काममा लगाउने ? ज्वलन्त प्रश्न बनेको छ ।