नेपाल राष्ट्र बैंकले झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई भट्टीमा खरानी बनाउने प्रचलनलाई अन्त्य गर्दै त्यसबाट इन्धनको रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालेको छ। चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई जलाउँदा वातावरण प्रदुषण हुने र ठूलो जनशक्ति प्रयोग हुने भएकोले त्यसको विकल्पमा आम्दानी समेत गर्न सकिने प्रविधि भित्र्याइएको बैंकले जनाएको छ।