भूईं मान्छेका विचार पनि चासो बन्छ कहिलेकाहीँ, यथार्थ ओकल्यो तर रूञ्चे हाँसो बन्छ कहिलेकाहीँ। आफू र आफ्ना पनि सधैं अनुकूल हुँदैनन् महाशय, आफ्नो बोली आफैंलाई गलपासो बन्छ कहिलेकाहीँ।...
भूईं मान्छेका विचार पनि चासो बन्छ कहिलेकाहीँ, यथार्थ ओकल्यो तर रूञ्चे हाँसो बन्छ कहिलेकाहीँ। आफू र आफ्ना पनि सधैं अनुकूल हुँदैनन् महाशय, आफ्नो बोली आफैंलाई गलपासो बन्छ कहिलेकाहीँ।...
उद्योगी व्यवसायी भनिरहेका छन् कि सरकारले काम गरेर कमाइ गर्ने वातावरण बनाएन, अर्थात् गरिखान दिएन । गरिखान दिएन रे ? कहाँ दिएको छैन । नाच्न जान्दैन आँगन टेडो ? ए बाबा ! विदेशमा जस्तो टक्क इमानदार भएर, कानून र विधि मानेर गरिखान पाइन्छ त ? आफूहरू जस्तो देश, त्यस्तै भेष नगर्ने अनि दोष चाहिँ सरकारको ?
‘राजनीतिक दल र सरकारी अधिकारीहरू भाषण गर्दा उद्यमशीलता बढाउने, देश विकास गर्ने भन्छन् । तर व्यवहारमा भने समय–असमय व्यवसायीलाई प्रताडित गरिहन्छन् । विभिन्न करका नाममा जनतालाई एटिएम मेशिन सरह व्यवहार गरिरहेका छन् । जसरी हुन्छ, जनताबाट असुली चैं गर्ने । तर कुनै सुविधा चाहिँ नदिने ?’ भन्छन् उद्योगी, व्यवसायीहरू ।
तर उद्योगी, व्यवसायीका यी धारणा पूर्णतया गलत छन् । किनकि सरकारी प्रताडना पूर्ण रूपमा कानूनी हुन्छन् । सरकार भनेको भगवान्जस्तै शक्तिशाली तत्त्व पो हो त । भगवान्ले गरेको कुरामा प्रश्न उठाउन त पाइन्न नि । आफू धन्दा चलाउन नजान्ने, दोष दल र सर्खारलाई दिने ? उद्योग सुद्योग चलाउन, व्यापार गर्न पो सरकारले प्रताडित गरेको हो । धन्धा चलाउन त उक्साएकै छ । धन्धा गर्न छोडेर उद्योग व्यापार जोड्ने काममा लागेपछि सरकारले सहन्छ त ? त्यसैले सबै काम छोड्नुस्, धन्धा गर्न लाग्नुस् । धन्धा गर्न नजानेको भए तलका कुरा पढ्नुस् ।
धन्धा गर्ने असली तरीका यो हो कि तपाईं आफ्नो साथमा कुनै एउटा राम्रो दलाल पाल्नुस् । अझ यो राम्रो हुन्छ कि तपाईं आफ्नो पाइन्टको खल्तीमा एक–दुई नेता नै किनेर राख्नुस् । सकेसम्म फरक फरक दलका नेता किन्नुस् । अँ नेता चिनेको छु भनेर मख्ख चाहिँ नपर्नुस् नि है, चिनेको भन्दा किनेको चाहिँ पक्का काम लाग्छ । हिजोआज त कतिपय बुद्धिमान् मान्छेहरूले ४–५ दलका नेता खरीद गरेर राखेका हुन्छन् ।
किनेर राखेका नेताले जहिले पनि काम दिन्छन् । भन्सारबाट तपाईंले विदेशबाट ल्याएका सुन, चाँदी भन्सार शुल्क नै नतिरी सित्तैमा छुटाइदिन्छन् । कथम्कदाचित् सेटिङ बिग्रिएर सुन समातियो भने पनि पीर नगर्नुस्, सुन जाला तर तपाईंलाई चोखै बचाइदिन्छन् । सरकारी जग्गा तपाईंका नाममा नामसारी गराइदिन्छन् । छानबिन भएछ पनि तपाईंलाई तर्काइदिन्छन् । किनिएका नेताले तपाईंका मान्छेलाई आफूले इच्छाएको ठाउँमा सरुवा, बढुवा गर्नेदेखि आयकरमा गडबढ गराउनेदेखि ठेक्कापट्टा दिलाउनेसम्मका काम मजैले गर्न, गराउन विशेष खुबी राख्छन् । यी नेता आवश्यक पर्यो भने प्रहरीसँग समन्वय अर्थात् सेटिङ मिलाउन सक्छन् । असली देउता बरु चुक्लान्, यी चुक्दैनन् ।
अब कहाँ किन्ने यस्तो नेता भन्नुहोला ? चिन्ता लिनै पर्दैन । बजारमा हरेक आकार प्रकारका एक से एक नेता हर समय विक्रीका लागि उपलब्ध छन् । एकातिर नयाँ नेता, अर्कातिर पुराना नेता, बोली बोली भ्याउने नेता, नबोली नबोली सिध्याउने देउता, सिन्को नभाँची सोसल मिडिया हल्लाउने नेता, म रिसाए सिध्याइदिन्छु धन्दै धम्क्याउने नेता । तपाईंलाई जस्तो चाहियो रोजीरोजी पाउनुहुन्छ । ती नेता नै तपाईंलाई खोजी खोजी आउँछन् ।
देशमा संसदीय चुनावी लिगको धार्मिक अवसरमा प्रत्येक नेताले आआफ्ना दलाल नियुक्त गर्छन् र दलालका माध्यमबाटै खुलमखुला बिक्छन् । बस्, रोकडा चाहिन्छ रोकडा, बिक्नका लागि तयार हुन्छन् नेताहरू ।
चुनावको मौसममा त नेताहरू फुटपाथमै बिक्न तयार हुन्छन् । यो गल्ली, त्यो गल्लीदेखि चौबाटोसम्म हर प्रकारका नेता विक्री हुनका लागि तम्तयार । कतिपय नेताहरू त मान्छेहरूका हातमा विक्री हुनुलाई आफ्नो धर्म ठान्छन् । अझ एउटा नेता जब अर्को नेतालाई किन्छ भने तब किन्नेवाला नेता सर्वोच्च नेतामा दरिइहाल्छ । अर्को शब्दमा भन्नुपर्दा त्यो उच्च नेता उच्चस्तरको लुच्चा बन्छ । जुन नेताले अरू नेतालाई खरीद गर्छ, त्यो नेता सबैभन्दा ठूलो कुर्सीमा विराजमान हुन पुग्छ । यस्ता नेता ठूल्ठूला होटलहरूमा, रिसोर्टहरूमा गएर एकदमै प्रेमपूर्वक आफ्नो लिलामी आह्वान गर्छन् ।
देशमा संसदीय चुनावी लिगको धार्मिक अवसरमा त प्रत्येक नेताले आआफ्ना दलाल नियुक्त गर्छन् र दलालका माध्यमबाटै खुलमखुला बिक्छन् । बस्, रोकडा चाहिन्छ रोकडा, बिक्नका लागि तयार हुन्छन् नेताहरू ।
प्रदेशका मात्र हैन, संघीय वा केन्द्रीय राजधानीमा त झन् बिक्ने नेताहरूको ठूलै भीड उपलब्ध छन् । जान्ने मान्छेहरूले विहारतिर जस्तै आफ्ना आफ्ना ढंगका नेता किनेरै राखेका हुन्छन् । हिजोआज प्रत्येक घरमा वा अफिसमा एउटा न एउटा किनिएका नेता चाहिन्छ क्या ! घरको ढल सफा गर्नु छ भने नेता आवश्यक । घर पछाडि मरेको कुकुर हटाउनु छ त नेता आवश्यक । दुई हप्तामा एकचोटि मात्र धारामा पानी आयो भने पनि यसको प्रार्थनाका लागि पनि एउटा नेताको एकदमै आवश्यकता हुन्छ । यता अफिसमा पनि बिजुलीको बिलमा छुट दिलाउनेदेखि कतिपय सरकारी कार्यालयमा गुट मिलाउनेसम्ममा नेताकै आड, भरोसा वा आशीर्वाद चाहिन्छ । त्यति मात्र होइन, एउटा टोले गुन्डाको नेता त झन् नभई हुँदैन । सबैभन्दा पहिला काम लाग्ने त त्यही हुन्छ ।
यसरी नागरिकता बनाउन होस् वा सवारी लाइसेन्स लिन, विदेश जाने फारम भर्न होस् वा कसैलाई धाकधम्की गर्न सबैतिर नेताको आवश्यकता पर्छ । बिचरा नेताले तपाईंबाट के नै पाउँछ र ? केवल उसको र्यालीमा केही बेर उसको जयजयकार ! उसका भोटका लागि भीड लावालस्कर बन्दिनु । उसका खराब काममा हो हो मा हो हो मिलाउनु । समय समयमा उसका लातहरू सहनु, बेला बेलामा ‘राष्ट्रिय शब्द’का बातहरू सुन्नु । यत्ति मात्र त हो । अरू त के नै चाहिन्छ र ? नेताजीले मागेको रकम दिनुस् र आफ्नो काम लिनुस् ।
त्यसैले, उठ्नोस् प्रभु ! तपाईं पनि शिरक छाड्नुहोस् र एउटा नेता खरीद गरेर ल्याउनुस् । नेताले चाह्यो भने गर्मीमा हिउँ पार्न सक्छन् र चिसो मौसममा पसिना निकाल्ने गर्मी बढाउन सक्छन् । एक घर एक रोजगार हैन । अब त एक परिवारमा एक नेता चाहिन्छ । खल्ती खल्तीमा नेता कोच्नुहोस् । हो भन्या ! धन्धा चलाउनुस्, अरूका मन जलाउनुस् । अकुत सम्पत्ति जोड्नुस्, कानूनका जालोहरू तोड्नुस् । समय चिन्नुस्, नेता किन्नुस् । आउनोस्, यो सुवर्ण अवसर नचुकाउनुहोस् । समय छँदै एउटा न एउटा नेता किनिहाल्नुहोस् है हजुर !
आध्यात्मिक मुक्ति भनेको अरू केहीबाट मुक्ति होइन, आफ्नै अहङ्कारबाट मुक्ति हो । अहम्ले ग्रसित मानिस नै मायाजालमा हुन्छन् । तिनमा व्यक्तिगत अहम् त हुन्छ नै, त्यसैले दाजुभाइमै पनि काटमार हुन्छ । व्यक्तिगत अहम् जब सामूहिक बन्छ, तब झन् विकृत र जटिल हुन जान्छ । त्यसले विकराल समस्या निम्त्याउँछ । जातीय, धार्मिक आदि शोषण दमन चर्किन्छ र द्वन्द्व मच्चिन्छ ।अहङ्कार भनेको मूर्खता (मूढता) हो । मानिसमा अनेक प्रकारका मूढता हुन्छन् । कतिपय पश्चिमीले गोरो वर्ण भएकैले आफू उच्च नश्लको ठान्छन् । धेरैलाई आफ्नै धर्म म
थाहा थियो तिमीलाई जस्तै हुन्छ मलाई पनितिमीबिना कहाँ बन्छ मायाको कहानी ।तृष्णाको त सागरै हुन्छ, गन्छु भन्ने हुन्नदुई चार तृष्णा पुगे धन्न, अरू आफैँ छुन्नवारिपारि वर्षौं बित्यो खबरसम्म नजानीतिमीबिना कहाँ बन्छ मायाको कहानी ।आऊ भेटौँ सार पोखौैँ भन्न मन लागेथ्यो धेरैकठोर बोली सुन्ने तागत छैन मनमा धेरैन बोलायौ तिमीले न दियौ भरोसा काहीँतिमी बिना कहाँ बन्छ मायाको कहानी ।
२९ वैशाख, काठमाडौं । ‘म बाटो बनाउँछु’, ‘म धारा बनाउँछु’, ‘म रेल गुडाउँछु’, ‘म विकास गर्छु ।’ यस्तै वाचा गर्दै ढोका-ढोकामा आइपुग्ने नेताहरुले वास्तवमै आफ्नो वचन पूरा गर्छन् ? समाज ढुक्क छैन । किनभने विगतमा नेताहरुको बोली र व्यवहारबीच खास तालमेल देखिएन । विकास र सम्मुन्नतिको सप्तरंगी सपना बाँडेका नेताहरु अन्यत्रै अलमलिए र अपेक्षाकृत काम […]
अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटको समयावधि सकिँदै छ । संसद्मा प्रस्तुत गरिएको प्रतिस्थापन विधेयक पारित हुने छाँटकाँट छैन । दलहरूलाई अर्थतन्त्रको फिटिक्कै चिन्ता छैन आफ्नो अहम् सन्तुष्टि र सत्ताकेन्द्रित रहनुमा नै उनीहरूले सफलता ठानेका छन् । यस्तोमा अर्थतन्त्रले गति लिन नसक्नु स्वाभाविक छ, विकासका कार्यहरूमा ढिलासुस्ती हुनु र जनताले राज्यबाट सुविधा पाउन नसक्ने अवस्था आउनु पनि स्वाभाविकै हो ।
विसं २०४६/४७ को राजनीतिक परिवर्तनपछि नै नेपालका राजनीतिक दलहरूको लडाइँ पद, प्रतिष्ठा, शक्ति र जसरी पनि चुनाव जित्ने मनसायले अभिप्रेरित छ । कसले बढी चन्दा वा आर्थिक सहयोग दिन्छ वा मेरो मानिस हो कि होइन भन्ने कुराले पद प्राप्त गर्ने वा नगर्ने व्यापारिक छुट, कर छुट, दण्ड वा पुरस्कार र अन्य सुविधा प्राप्त गर्ने वा नगर्ने कुराको निर्धारण गर्छ । शक्तिशाली ठाउँमा आफ्नो मानिस छ भने केही अपवादलाई छोडेर जति नै अपराध वा भ्रष्टाचार गरे पनि क्षम्य हुने स्थिति छ । सरकारले गर्ने निर्णय, ल्याउने ऐन तथा कानून विवादमुक्त हुन सकेको अवस्था छैन । नयाँ संविधानअनुसार राज्यको आर्थिक रूपान्तरण हुने र आर्थिक सुधारको कार्यक्रमबाट देशमा लगानीमैत्री वातावरण सृजना हुने साथै विदेशी लगानीको अवसर सृजना भई विकास निर्माणले गति लिने जुन अपेक्षा गरिएको थियो त्यो पूरा हुन नसकेको छैन । अन्तरपार्टी र पार्टीको आन्तरिक द्वन्द्वले व्यवस्था नै असफल हुने हो कि भन्ने अवस्था ल्याएको छ । अर्थव्यवस्थाको सुदृढीकरणको लागी सबै शक्ति एक हुन जरुरी छ । तर, मुलुकको आर्थिक अवस्था पार्टीगत द्वन्द्वको चपेटामा परेको छ ।
विभिन्न सरकारद्वारा गठित कानूनी संरचना जस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत आयोग पार्टीभित्रका वा अन्य पार्टीका विरोधीहरूलाई सत्तापक्षले तह लगाउने वा तर्साउने रूपमा प्रयोग हुने आशंका छ । नेपालको अर्थतन्त्रमा अपेक्षित सुधार छैन । आयात र निर्यातमा देखिएको असन्तुलनले शोधनान्तर स्थितिलाई गम्भीर असर गरेको छ । अपेक्षित रूपमा निर्यातमा सुधार हुन सकेको छैन । दाताले दिन्छु भन्छन् हामी योजना पेश गर्न सक्दैनाैं । दिन्छु भनेको रकम लिन पनि राजनीतिक लडाइँ हुन्छ । दलगत राजनीतिक खिचातानी तथा पार्टीगत आन्तरिक द्वन्द्वले गर्दा विदेशी लगानी फिर्ता जाने सम्भावना बढ्न थालेको छ । यस्तोमा विदेशीले विश्वास गर्ने भरपर्दो आधार देखिँदैन । राजस्व तथा बक्यौता अर्बाैं उठाउन बाँकी छ । समयमा विकास निर्माणका कार्यहरू सकिने अवस्था छैन । आगामी वर्षको आर्थिक वृद्धिदरको लक्ष्य बजेटमा ७ प्रतिशत राखे पनि पूरा हुने अवस्था छैन । विकासमा भन्दा साधारण खर्च एव सेवा र उपभोगतर्फ बढी खर्च भएबाट औद्योगिक विकासको सम्भावना गिर्दो अवस्थामा छ । स्रोतसाधनको अभावमा २ वर्षमा बन्छ भनेको आयोजना ६ वर्षमा पनि नबन्ने स्थिति छ । कृषितर्फ हेर्दा सिँचाइ, मल, बीउ तथा दक्ष जनशक्तिको अभावले अपेक्षित सुधार आउन सकेको छैन । महँगी बढिरहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले बैंकिङ जोखिमलाई धान्न सक्ने अवस्था छैन ।
वित्तीय समावेशीकरण हेर्दा अझै पनि ६० प्रतिशत जनता अनौपचारिक क्षेत्रबाट सेवा लिन बाध्य छन् । बैंकको निक्षेप तथा कर्जा प्रवाहमा सन्तुलन देखिँदैन भने पोर्टफोलियो व्यवस्थापन पनि कुशल छैन । अधिकांश कर्जाको भुक्तानी मिति नाघेको छ । उद्योग धन्दालाई गएका ठूला कर्जाहरूको पुनर्तालिकीकरण गर्नुपरिरहेको छ । निक्षेपमा राम्रो ब्याज प्राप्त नभएकाले पूँजी पलायनको सम्भावना त्यत्तिकै देखिन्छ । बेरोजगारीतर्फ हेर्ने हो भने विकराल स्थिति छ । कोरोनाका कारण १५ लाखभन्दा बढीले रोजगारी गुमाएको सरकारकै अध्ययनले देखाएका छ । आधा तलबमा काम गर्नेको संख्या त यसमा अझ छैन ।
देशको समग्र स्रोतसाधनको परिचालन गर्ने मुख्य आधार भनेको कर्मचारी हो, जसलाई स्थायी सरकार पनि भनिन्छ । तर, राजनीतिक दलका अधिकांश नेताले कर्मचारीको काम गर्ने शैलीलाई मनपराउन छाडेका छन् । धेरै नेताले कर्मचारीको असहयोगले कार्य हुन सकेन भन्ने आवाज पछिल्ला दिनमा बढ्न थालेको छ । जबसम्म कर्मचारी र राजनीतिक नेतृत्वबीच समन्वय हुन सक्दैन तबसम्म विकासको कल्पना अधुरो हुन्छ । तसर्थ राजनेताहरूले कर्मचारीलाई साथ लिएर कार्य गर्न जरुरी छ ।
अन्तरपार्टी द्वन्द्व बहुदलीय राजनीतिक पद्धति भएका जुनसुकै मुलुकमा हुने गर्छ तापनि नेपालमा पार्टीभित्रको आन्तरिक द्वन्द्व र अन्तरपार्टी द्वन्द्व निकै बढी छ । सत्तामा रहँदा ठीक हुने नीति विपक्षमा बस्दा विरोध गर्ने गरिएको छ । आफैले पेश गरेको बजेट केही संशोधन हुँदा पारित गर्न नदिएर मुलुक बजेटविहीन अवस्थामा पुग्न लागेको छ । अन्य मुलुकहरूमा राष्ट्रिय एजेन्डामा सबै पार्टी एक हुन्छन् तर यहाँ भने मौका हेरेर विचार र बोली फेरिरहन्छन् । नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस, मधेशवादी दललगायत ठूला दल गुटउपगुट झाँगिँदै गएका छन् । अध्यादेशबाट टुटफुटलाई सहज बनाइएको छ । दलिय अन्तद्र्वन्द्वले राजनीतिक अथिरता निम्त्याएको छ । महीना बितिसक्दा पनि सरकारले पूर्णता पाएको छैन । सरकार गिराउनका लागि प्रतिपक्ष दल लागिसकेको छ ।
अन्तरराष्ट्रिय क्षेत्रलाई विश्वासमा लिने, संस्थागत सुशासन कायम गर्ने काममा दलहरूको चासो नै देखिँदैन । हचुवाको भरमा लोकप्रिय नारा लगाउने, देशमा रोजगारी सृजना गर्नुभन्दा प्रचारमुखी काम गर्ने, विकास खर्चमा भन्दा साधारण खर्चमा जोड दिनेजस्ता कुरामा राजनीतिक नेतृत्वको चासो देखिन्छ । कृषिक्षेत्रको विकास गर्ने र आयातलाई प्रतिस्थापन गर्ने, निष्पक्ष रूपमा दण्ड र संजायको व्यवस्था गर्ने, संवैधानिक निकाय र अदालतमा राजनीतिक हस्तक्षेप बन्द गर्ने र उनीहरूलाई विरोधी तर्साउने हतियारको रूपमा प्रयोग नगर्ने कुरामा भने उनीहरूको चासो छैन । यही कारण विकासका काममा अवरोध परिरहे पनि उनीहरू यसलाई सुधार ल्याउन प्रयत्नशील देखिँदैनन् । यस्तोमा कोरोनाले थलिएको अर्थतन्त्रलाई माथि उकास्न झनै समस्या देखिन्छ ।
लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।
१७ मंसिर, काठमाडौं । ६० दिनमा मेलम्चीको पानी आउँछ भनेको भोलिपल्टै सरकारी अधिकारीहरुले बोली फेरेका छन् । उनीहरुका अनुसार यो ६० दिनमा मेलम्चीको पानी सुन्दरीजलस्थित ट्यांकीमा पानी खसाल्न सकिने अवस्था त बन्छ तर, पानी भने …
जति पनि नराम्रो बोली, व्यवहार, रहनसहन, चालचलन हुन्छ, त्यसको उदाहरण दलित समुदाय नै बन्छ । यदि कसैले नराम्रो कामको उदाहरण दिनुपर्दा कामी, दमाई, सार्कीले जस्तो बोलेको भनी नराम्रो कुराको प्रतिविम्ब बनाइन्छ, दलित समुदायलाई । दलित समुदायप्रतिको मनोविज्ञानबारे केही दृष्टान्त यस्ता छन् ।
जति पनि नराम्रो बोली, व्यवहार, रहनसहन, चालचलन हुन्छ, त्यसको उदाहरण दलित समुदाय नै बन्छ । यदि कसैले नराम्रो कामको उदाहरण दिनुपर्दा कामी, दमाई, सार्कीले जस्तो बोलेको भनी नराम्रो कुराको प्रतिविम्ब बनाइन्छ, दलित समुदायलाई । दलित समुदायप्रतिको मनोविज्ञानबारे केही दृष्टान्त यस्ता छन् ।