सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभातर्फ चितवनका तीन निर्वाचन क्षेत्रमा भागबण्डा टुङ्गिएको छ । जसमध्ये दुई वटा निर्वाचन क्षेत्र कांग्रेसले र एउटा निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाउने भएको छ । नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनालले जिल्ला समितिको निर्णय अनुसार नै केन्द्रीय गठबन्धनले चितवनको भागबण्डा टुङ्ग्याएको भन्दै आफूहरु सकारात्मक रहेको बताए ।जिल्लाबाट निर्णय भए अनुसार नै सत्ता गठबन्धनमा भागबण्डा भएकाले कांग्रेस चितवनले त्यसलाई स्वीकार गरेर अघि बढ्ने उनको भनाइ छ । ‘हामीले जिल्ला