प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनमा अदालतबाट दोषी ठहर भई कैद भुक्तान गरिरहेका, भ्रष्टाचार आरोपित र फरार व्यक्ति पनि उम्मेदवार बनेका छन् । सत्ता र अन्य दलका तर्फबाट उनीहरूले उम्मेदवारी दर्ता गरेका छन् । कानुन निर्माण गर्ने थलोमा पुग्न अपराधमा मुछिएका व्यक्तिलाई नै दलहरूले उम्मेदवार बनाउँदा दण्डहीनताले थप प्रश्रय पाएको छ । यसरी उम्मेदवारी दिएका व्यक्ति निर्वाचित भए स्वतः निलम्बनमा पर्छन् ।