ढोरपाटन– बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बुधबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालन ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए। कार्यलयले हरेक वर्ष सुपथ मूल्य पसल […]
डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) को ट्रायल सम्पन्न भएको छ।
काठमाडौँ- उत्तरी छिमेकी चीनले ढिलो गरी अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएको छ। नेपालस्थित चिनियाँ राजदूत छन सोङले बिहीबार सिंहदरबार पुगेर कार्कीलाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री कार्कीलाई भेट्न पाउँदा ठूलो खुशी लागेको बताएका छन् । ‘उहाँलाई हार्दिक बधाई दिँदै समर्थन प्रकट गरियो’, राजदूत सोङले भनेका छन्, ‘दुवै पक्षबीच विचार विनिमय हुँदै मित्रता […]
काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको बताएका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगमा आज आयोजित कार्यक्रममा मन्त्री अर्यालले जेन-जी प्रदर्शनले पुनः जनतामा गएर वैधानिक मार्गबाट निर्वाचित भइ आउने अवसर प्रदान गरेकाले निर्वाचनमा केन्द्रित हुन […]
काठमाडौं– बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज ‘हेरा फेरी’ को तेस्रो भाग ‘हेरा फेरी ३’ पछिल्ला महिनाहरूमा विवादका कारण लगातार चर्चामा रह्यो। अभिनेता परेश रावलले अचानक फिल्म छाड्ने घोषणा गरेपछि ठूलो हंगामा भएको थियो। यसबीच, उनी र अक्षय कुमारबीच मतभेद भएकोसमेत खबर बाहिर आएको थियो। तर पछि परिस्थिति बदलियो र रावल पुनः फिल्ममा फर्किए। हाल आफ्नो नयाँ […]
रुपन्देही– गैडहवा गाउँपालिका-४ स्थित गैडातालमा डुबेर सोही गाउँपालिका-१ असिधबा बस्ने १८ वर्षीय दिपेश थारू र १८ वर्षीय अरूण थारूको बुधबार दिउँसो मृत्यु भएको छ । यसैगरी रूपन्देही, कोटहीमाई गाउँपालिका-२ खडैया बस्ने ३२ वर्षीय अर्जुन लोधको सोही ठाउँस्थित नालामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।