लेटाङ बजारमा नेपाल–बंगलादेश बैंककोे विस्तारित सेवा केन्द्र

काठमाडौं (अस) । नेपाल– बंगलादेश बैंकले मोरङको लेटाङ नगरपालिकास्थित बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । विस्तारित सेवा केन्द्र उद्घाटन प्रदेश १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरेले गरे । बुधबारे बजार लेटाङ नगरपालिका– १, २ र ३ तथा केराबारी गाउँपालिका–९ को केन्द्रको रूपमा स्थापित भई बैंकिङ पहुँचबाट टाढा रहेको अवस्थामा नगरपालिकाको आग्रह र ग्रामीण भेगमा वित्तीय पहुँच पु¥याउने उद्देश्यले सेवा केन्द्र सञ्चालनमा ल्याइएको बैंकले बताएको छ । विस्तारित सेवा केन्द्रबाट चेक क्लियरिङ, सामाजिक सुरक्षा भत्ता, शिक्षक एवं कर्मचारीको तलबी खाता सञ्चालनलगायत सेवा उपलब्ध हुने बैंकले बताएको छ । बैंकले हाल ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८२ एटीएममार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

नेपाल इन्भेस्टमेन्ट बैंक ३७औँ वर्षमा

नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३७औँ वर्षमा प्रवेश गरेको छ । बैंक ३६औँ वर्ष पुरा गरेर ३७औँ वर्षमा प्रवेश गरेको हो ।  यस अवधिमा बैंकले सातै प्रदेशबाट ८८ शाखा र ३१ विस्तारित राजस्व सङ्कलन काउन्टर तथा ५८ शाखारहित बैंकिङ्ग केन्द्र बाट आफ्ना ग्राहकलाई सेवा दिइरहेको छ । यस्तै, १३१ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।पाँच पटकसम्म बैंक अफ दि इयरबाट सम्मानित भई ३६ बर्षको दौरानमा १२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले वार्षिकोत्सवमा विभिन्न सामाजिक काम गरेको छ । रक्तदान

नेपाल इन्भेष्टमेण्ट बैंक स्थापनाको ३६ वर्ष पूरा

काठमाडौँ– नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ। यस यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटिएममार्फत गुणस्तरीय सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ। पाँच पटकसम्म बैंक अफ दि इयर तथा युरो मनि अवार्डबाट सम्मानित भइ ३६ वर्षको दौरानमा १२ लाखभन्दा बढी […]

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा–केन्द्र सिमरामा

नेपाल बंगलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोकमा ११औं विस्तारित सेवा केन्द्रको सुरुवात गरेको छ ।उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडाअध्यक्ष रामप्रसाद लामिछानेले गरेका हुन् । विस्तारित सेवा केन्द्रले सिमरा उपमहानगरपालिका–१५ का साथै वडा नं ११, १२, १३, १४ र १६ मा वित्तीय पहुँच पु-याई हरेक नेपालीको कम्तिमा एक […]

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र अब सिमराको डुमरवानामा

नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक  डुमरवानामा  ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा अध्यक्ष रामप्रसाद लामिछानेले गरेका हुन् । बैंकको यो विस्तारित सेवा केन्द्रले वित्तिय पहुँच पु¥याउने उद्वेश्य लिएको छ । नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई पनि सघाउने बैंकले जनाएको छ छ ।यस ठाउँको पुँजी एकीकृत गर्ने, रेमियान्स सोझै बैंकमा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि

नेपाल बंगलादेश बैंकको १० औं विस्तारित सेवा केन्द्र सुरु

नेपाल बंगलादेश बैंकले मकवानपुर हेटौंडा उपमहानगरपालिका– ९ स्थित हेटौंडा सिमेन्ट उद्योग हाताभित्र १० औं विस्तारित सेवा केन्द्र शुभारम्भ गरेको छ ।उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका हुन् । विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा […]

खुदी ढुंगेपाटनमा नेपाल– बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र

काठमाडौं (अस) । नेपाल–बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिका–३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको उद्घाटन पोखरा महानगर–३० का वडाध्यक्ष श्रीराम पोखरेलले गरे । पोखरा महानगरमा खोलिएको विस्तारित सेवा केन्द्रले महानगरपालिकाको वडा नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा वित्तीय पहुँच पुर्‍याउने बैंकले बताएको छ । सेवा केन्द्र पोखरा विश्वविद्यालय हाता नजिकै रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थी तथा शिक्षक पनि लाभान्वित हुने विश्वास बैंकको छ । सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा गर्न सकिनेछ । सामाजिक सुरक्षा भत्तालगायत सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवा सेवा केन्द्रबाट उपलब्ध हुने बैंकले जनाएको छ । हाल बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

पोखराको ढुङ्गेपाटनमा नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिकाको वडा नं. ३० खुदी ढुङ्गेपाटनमा आफ्नो नवौँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ। उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका हुन्। पोखरा महानगरपालिकामा खोलिएको यस बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा […]

नेपाल बङ्गलादेश बैंककोे ९औं विस्तारित सेवा केन्द्र संचालनमा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ३० खुदी ढुङ्गे पाटनमा आफ्नो ९औँ विस्तारित सेवा केन्द्र संचालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरे ।  पोखरा महानगरपालिकामा खोलिएको यस बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९, ३०, ३१, ३२  तथा ३३ मा वित्तीय पहुँच पु¥याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उद्देश्यका साथ बैंकले आफ्नो

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारेमा

नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको बुधबारे बजारमा आफ्नो आठौँ विस्तारित सेवा केन्द्रको औपचारीक सुरु गरेको छ । लेटाङ नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्बर ९ का लागि केन्द्र स्थापना गरिएको हो ।ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याएर एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उद्देश्य रहेको बैंकले जनाएको […]