खुदी ढुंगेपाटनमा नेपाल– बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र

काठमाडौं (अस) । नेपाल–बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिका–३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको उद्घाटन पोखरा महानगर–३० का वडाध्यक्ष श्रीराम पोखरेलले गरे । पोखरा महानगरमा खोलिएको विस्तारित सेवा केन्द्रले महानगरपालिकाको वडा नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा वित्तीय पहुँच पुर्‍याउने बैंकले बताएको छ । सेवा केन्द्र पोखरा विश्वविद्यालय हाता नजिकै रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थी तथा शिक्षक पनि लाभान्वित हुने विश्वास बैंकको छ । सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा गर्न सकिनेछ । सामाजिक सुरक्षा भत्तालगायत सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवा सेवा केन्द्रबाट उपलब्ध हुने बैंकले जनाएको छ । हाल बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।  

सम्बन्धित सामग्री

नेपाल इन्भेस्टमेन्ट बैंकको ३६औं वार्षिकोत्सव

काठमाडौं(नेस) । नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ । गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित/राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ्ग केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गरेको बैंकले जनाएको छ । पाँच पटकसम्म बैंक अफ द इयर तथा युरो मनी अर्वाडबाट समेत सम्मानित भएको बैकले ३६ […]

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा–केन्द्र सिमरामा

नेपाल बंगलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोकमा ११औं विस्तारित सेवा केन्द्रको सुरुवात गरेको छ ।उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडाअध्यक्ष रामप्रसाद लामिछानेले गरेका हुन् । विस्तारित सेवा केन्द्रले सिमरा उपमहानगरपालिका–१५ का साथै वडा नं ११, १२, १३, १४ र १६ मा वित्तीय पहुँच पु-याई हरेक नेपालीको कम्तिमा एक […]

नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र अब सिमराको डुमरवानामा

नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक  डुमरवानामा  ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा अध्यक्ष रामप्रसाद लामिछानेले गरेका हुन् । बैंकको यो विस्तारित सेवा केन्द्रले वित्तिय पहुँच पु¥याउने उद्वेश्य लिएको छ । नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई पनि सघाउने बैंकले जनाएको छ छ ।यस ठाउँको पुँजी एकीकृत गर्ने, रेमियान्स सोझै बैंकमा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि

नेपाल बंगलादेश बैंकको १० औं विस्तारित सेवा केन्द्र सुरु

नेपाल बंगलादेश बैंकले मकवानपुर हेटौंडा उपमहानगरपालिका– ९ स्थित हेटौंडा सिमेन्ट उद्योग हाताभित्र १० औं विस्तारित सेवा केन्द्र शुभारम्भ गरेको छ ।उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन हेटौंडा उपमहानगरपालिका ९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले गरेका हुन् । विस्तारित सेवाले हेटौंडा सिमेन्ट उद्योगलाई सुलभ बैंकिङ सुविधा प्रदान गर्नुका साथै उपमहानगरपालिकाको वडा नम्बर ९, १२, १३ तथा […]

कामना सेवा विकास बैंकको एनआरएन बचत खाता

काठमाडौं (अस) । कामना सेवा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित तिनका परिवार लागि एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ७ प्रतिशत ब्याजदरसहितको यस खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गराउनेछ । विदेशमा रहेका नेपालीले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्ना परिवारलाई पठाएको पैसा यो खातामा जम्मा गर्न सक्नेछन् । अनलाइनबाट पनि खोल्न सकिने यस खातामा मुद्दती निक्षेपमा थप शून्य दशमलव ५ प्रतिशत ब्याज उपलब्ध गराइने बैंकले बताएको छ । हाल बैंकले १२९ शाखा, एउटा विस्तारित सेवा केन्द्र र ७६ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

पोखराको ढुङ्गेपाटनमा नेपाल बङ्गलादेश बैंकको विस्तारित सेवा केन्द्र

काठमाडौँ– नेपाल बङ्गलादेश बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिकाको वडा नं. ३० खुदी ढुङ्गेपाटनमा आफ्नो नवौँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ। उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका हुन्। पोखरा महानगरपालिकामा खोलिएको यस बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा […]

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र मोरङको बुधबारेमा

नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको बुधबारे बजारमा आफ्नो आठौँ विस्तारित सेवा केन्द्रको औपचारीक सुरु गरेको छ । लेटाङ नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्बर ९ का लागि केन्द्र स्थापना गरिएको हो ।ग्रामीण भेगमा वित्तीय पहुँच पुर्याएर एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पु¥याउने उद्देश्य रहेको बैंकले जनाएको […]