राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशले अघिल्लो निर्वाचनको तुलनामा यसपटक तडकभडक, आमसभा र जुलुसमा न्यूनीकरण भएको निष्कर्ष निकालेको छ । आयोगले अघिल्लो निर्वाचनभन्दा आचारसंहिता उल्लंघनमा पनि कमी आएको निष्कर्ष निकालेको जनाएको हो ।आयोगले २७–३० कात्तिकसम्म अनुगमनवाट प्राप्त विभिन्न १८ वटा सकारात्मक र नकारात्मक तथ्यलाई सार्वजनिक गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन न्यून भएको उल्लेख गर्दै आयोगको संयुक्त अनुगमन टोलीले भारतीय नम्बर प्लेटका गाडीहरू भने प्रचारप्रसारमा प्रयोग गरेको पाइएको जनाए