काबुल : अफगानिस्तानमा तालिबानले मानवअधिकार आयोग सहित द्वन्द्व व्यवस्थापन गर्ने पाँचवटा प्रमुख आयोग खारेज गरेको छ।आर्थिक संकटका कारण तालिबानले यी विभाग खारेज गरेको बताएको छ। तालिबान अधिकारीहरूले शनिबार बजेट घोषणा गर्दै अफगानिस्तानलाई गत आर्थिक वर्षमा ५० करोड १० लाख डलर अर्थात् ६२ अर्ब ३ करोड ३८ लाख नेपाली रुपैयाँ बराबरको बजेट घाटा लागेको बताए। तालिबान सरकारका उपप्रवक्ता इन्नामुल्ला सामानगानीले भने‚ ‘मानवअधिकार जस्ता आयोगको कामै छैन। यस्ता आयोगका लागि कुनै बजेट पनि छुट्याइएको छैन