यस्ता छन् विश्वकप खेलाइने कतारका ८ रंगशाला

२१ कात्तिक, काठमाडाैं । सन् २०२२ फिफा विश्वकप सुरु हुन १३ दिन बाँकी छ । प्रतियोगिताको मेजवानीका लागि कतारले आठवटा रंगशाला तयार गरिसकेको छ । हरेक रंगशालाले फरक फरक विशेषता बोकेका छन् । यी संरचनाले विश्वकप हेर्न जाने दर्शकलाई मोहित पार्ने विश्वास गरिएको छ । तीमध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । […]

सम्बन्धित सामग्री

यस्ता छन् विश्वकप आयोजना हुने आठ रंगशाला

फिफा २०२२ कतार को दोहामा  आयोजित हुँदै छ । ६४ खेल आयोजना हुनका लागि दोहामा  ७ नयाँ  रङ्गशाला  बनेका छन् । फिफा विश्वकप आइतबारबाट सुरु हुँदैछ । डिसेम्बर १८ सम्म  कतारमा हुने विश्वकप २२ औं संस्करणको हो ।  कतार  पहिलो पटक  मध्यपूर्वी देशमा फिफा विश्वकपको आयोजना गर्ने देशमा पर्दछ । एसियामा विश्वकप आयोजना हुनेमा कतार दोस्रो पटकमा यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापान ले संयुक्त  रूपमा विश्वकपको आयोजना गरेका थिए । फिफा विश्वकप २०२२ मा

यस्ता छन्, विश्वकपका आठ रंगशाला

कतार विश्वकप सुरु हुन लाग्दा त्यसका लागि प्रयोग हुने रंगशालाहरू के कस्ता छन्, त्यसमा पक्कै सबैको रुचि होला । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा सबैले गरेको एउटा ठूलै आलोचना थियो, त्यतिबेला यो देशसँग एउटै गतिलो रंगशाला पनि थिएन ।

संक्रमण बढेसँगै काठमाडौंमा कडाइ

काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढेसँगै काठमाडौंमा सरकारले कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै १८ बुँदे निर्देशन जारी गर्दै कडाइ गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिश एवं गृह मन्त्रालयको निर्णयअनुसार मंगलवार राति १२ बजेदेखि लागू हुनेगरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अब काठमाडौंमा चल्ने सावरीसाधनले स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएका छन् भने मास्क नलगाएकाले सार्वजनिक सवारीसाधन चढ्न पाउने छैनन् । त्यस्तै चालक र सहचालकले अनिवार्य मास्क र पन्जा लगाउने र अनिवार्य रूपमा सवारीसाधन दैनिक स्यानिटाइज गर्नुपर्ने आदेश जिल्ला प्रशासन कार्यालयले जारी गरेको छ । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम नगर्न भनेको छ । अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउन भनिएको छ । २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिक कार्यहरू नगर्न प्रशासनले जारी गरेको आदेशमा भनिएको छ । सार्वजनिक स्थानहरू कार्यालय, होटेल, रेस्टुराँ, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्कमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र यस्ता सबै निकायहरूले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गर्न आदेश जारी गरेको छ । यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने, जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानहरूमा निःशुल्क एन्टिजेन टेस्ट बुथहरू स्थापना गर्ने र नियमित परीक्षण गर्ने, गराउने, जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीहरूलाई अनिवार्य रूपमा १ हप्ताभित्र कोभिडविरुद्धको खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गर्ने, गराउने जारी आदेशमा उल्लेख छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिशमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम २०७८ पुस २७ देखि २०७८ माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन नगर्ने, नगराउने र पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाहरूको स्वास्थ्य मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको बढी चाप हुने कार्यालयहरू जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, बैंक तथा वित्तीय संस्थामा भीडभाड नहुने उपयुक्त तरीका सम्बद्ध कार्यालय प्रमुखले अवलम्बन गरी, गराई स्वास्थ्य मापदण्डको पालना हुने गरी सेवा प्रवाहको प्रबन्ध मिलाउनेजस्ता आदेश प्रशासनले जारी गरेको छ ।  जिल्लाभित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड–१९ उपचार केन्द्र तथा आइसोलेशन केन्द्रलाई सुदृढ गरी सञ्चालनमा ल्याउन दुरुस्त अवस्थामा राख्ने, अक्सिजनको आपूर्ति सहज बनाउन कोभिड–१९ को दोस्रो लहरको समयमा प्रयोगमा आएका अक्सिजन सिलिन्डरहरू यथाशीघ्र सम्बद्ध अस्पताल, उद्योग वा स्थानीय तहमा हस्तान्तरण गर्ने, औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्ने, उपर कानूनबमोजिम कारबाही गरिने जारीमा आदेशमा उल्लेख छ । काठमाडौं उपत्यकामा मंगलवार मात्रै थप १ हजार २ सय ८६ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

उपत्यकामा सभा सम्मेलन गर्न नपाईने, हेर्नुहोस् ३ जिल्लाको आदेश

काठमाडौँ उपत्यकामा आज मध्यरातदेखि लागू हुने गरी राजनीतिक दलका भेला र मेला महोत्सव गर्न रोक लगाइएको छ ।उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी अर्को आदेश नआएसम्म सभा सम्मेलन र राजनीतिक भेला गर्न नदिने निर्णय गरेको हो । यदि यस्ता कार्यक्रम गर्नै परे प्रशासनको अनुमति लिनुपर्ने छ । सीडीओहरुको बैठकले माघ १५ गतेसम्म भौतिक उपस्थितीमा पठनपाठनमा रोक लगाउने निर्णय पनि गरेको छ । बैठकले जिल्ला स्वास्थ्य कार्यालयहरुले स्थानीय तहको समन्वयमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाउने तालिका तत्काल बनाउन पनि आदेश दिने निर्णय गरेको छ । कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइ पार्कमा प्रवेश गर्दा माघ ७ गतेदेखि अनिवार्य खोप कार्डको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यस्ता छन् सीसीएमसी बैठकले गरेका १३ निर्णय, खोप नलगाएकाले सार्वजनिक सेवा नपाउने

कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले नेपाल सरकारलाई विभिन्न सिफारिस गरेको छ । केन्द्रको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न, २५ जना भन्दा बढी भेला हुन नदिन, सार्वजनिक स्थानमा जाँदा र सार्वजनिक सेवा प्राप्त गर्न खोप लगाएको कार्ड अनिवार्य देखाउन, खोप लगाएकालाई मात्र हवाई उडान गर्न दिन, स्मार्ट लकडाउन गर्ने अधिकार सिडिओलाई दिन लगायतका १३ बुँदे सिफारिस गरेको हो । यस्ता छन् केन्द्रका सिफारिस :  १. विश्व परिवेश र छिमेकी मुलुकहरुमा कोभिड १९ तीव्र रुपमा फैलिरहैको सन्दर्भलाई दृष्टिगत गरी सो को रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, औषधि तथा औषधिजन्य सामानहरु छिटो छरितो माध्यमबाट खरिद तथा आपूर्ति व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिश गर्ने । २. सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । त्यस्तै नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत् लेखि पठाउन सिफारिश गर्ने।३. सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि ) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको Vaccine लगाएको कार्ड ( मोवाइलमा फोटो भएपनि हुने ) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागु गर्ने व्यवस्थाका लागि सबै DCMC लाई गृह मन्त्रालय मार्फत् सिफारिश गर्ने । ४. माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने । ५. देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले वार्षिक विदामा मिलान हुने गरी आगामी माघ १५ सम्म विदा दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत् सूचना जारी गर्न सिफारिश गर्ने । विदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समुहका पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान संचालन गर्न सहजीकरण गर्ने । यस कार्यमा प्रदेश सरकारहरुले सहयोग र सहजिकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झै आवश्यक सहयोग तथा सहजिकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् अनुरोध गर्ने । ६. नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट Positive देखिएकाहरुलाई तत्काल संस्थागत आईसोलेसन (होल्डिङ्ग सेन्टर, होटेल आदि) मा राख्न सम्बन्धित DCMC ले समन्वय गर्ने र विगतमा भएको अभ्यास अनुरुप भुक्तानी गर्ने स्रोत सुनिश्चताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने । )७. सार्वजनिक स्थानहरुमा निशुल्क एन्टीजन टेस्ट वुथहरु स्थापना गर्ने र नियमित खोप केन्द्रहरुमा खोपलाई अभियान कै रुपमा अगाडि बढाउने ।८. विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा वसाई व्यवस्था गरी संञ्चालन गर्न, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न र भौतिक दूरीको प्रावधान कडाईका साथ परीपालना गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गर्ने।९. पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरि उडान तालिका मिलाउने र माघ ७ गते पछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने। १०. नेपाल सरकारबाट २०७८।८।१३ र २०७८।९।८ मा जारी आदेशलाई अध्यागमन विभागबाट ट्राभल एडभाईजरी जारी गर्दा देहाय अनुसार थप स्पष्ट पार्ने । क. पूर्ण मात्रा खोप लगाएको र वोडिङ्ग पास जारी हुनु भन्दा ७२ घण्टा भित्रको PCR Negative भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशको लागि सम्बन्धित वायुसेवाले वोडिङ्ग पास जारी गर्ने । ख. कोभिड-१९को नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिका लगायत ९ (नौ) देशहरुबाट नेपाल आउने वा ती मुलुकहरुमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल राहदानी वाहक वा आवासीय प्रवेषाज्ञा प्राप्त यात्रुहरुको हकमा मात्रक्वारेण्टिन तथा आईसोलेसनको व्यवस्था लागू हुने | ११. अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसंग समन्वय गर्ने । त्यस्तो सूचनामा जारी भएको निश्चित मिति, समय र अवधी (duration) पछि मात्र लागु गर्ने व्यवस्था मिलाउने | १२. कोभिड-१९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालय मार्फत् निर्देशित गर्ने ।१३. समाजमा ओमिक्रोन लगायतका भेरियन्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्वहरु मार्फत नागरिक स्तरमा सकारात्मक सूचना जानकारी उपलब्ध गराउने कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पहल गर्ने ।

यस्ता छन् विश्वकप फुटबल हुने कतारका ८ रंगशाला (फोटोफिचर)

२० मंसिर, काठमाडौं। कतारले अर्को वर्ष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२२ आयोजना गर्दैछ। फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ । यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ । यसअघि जुन र जुलाईमा […]

कतार विश्वकप २०२२ : यस्ता बन्दैछन् रंगशाला(तस्बिरसहित)

रुसमा सम्पन्न विश्वकप फुटबल २०१८ सकिएको केही महिनापछि नै सम्पूर्ण फुटबलप्रेमीहरुको ध्यान कतारले तानेको छ । नजाओस् पनि किन, सन् २०२२ मा फुटबलको कुम्भमेला मानिने आयोजना गर्दैछ ।  क्षेत्रफलका हिसाबले सानो खाडी देश कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्रसमेत बन्नेछ । त्यतिमात्रै होइन, गर्मी हुने भएकाले २०२२ ...

यस्ता छन् विश्वकपका १२ रंगशाला - Naya Patrika

यतिबेला विश्वको ध्यान फुटबलकै ठूलो प्रतियोगिता विश्वकपमा केन्द्रित छ । रसियाले पहिलोपटक आयोजना गर्न लागेको विश्वकपलाई सफल बनाउन ११ सहरका १२ अत्याधुनिक रंगशाला तयारी अवस्थामा छन् । अत्याधुनिक शैलीमा तयार...पूरा पढ्नुहोस् »