बुच्चकोट डाँडाबाट देखिएको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको भकुण्डेवेंशी फाँटमा पाक्दै गरेको धान बाली । यसअघि ईटा पार्ने गरेको खेतको फाँटमा वातावरण प्रदूषण भएको भन्दै नगरपालिकाले ईटाभट्टा हटाएपछि यहाँका किसानहरुले पुनःखेती शुरु गरेका हुन् । तस्वीर : रासस