काठमाडौँ । बेमौसमी वर्षाले हालै सुदूरपश्चिम, लुम्बिनी, प्रदेश १ का साथै देशका विभिन्न भागमा जनधनका साथै धान तथा तरकारी बालीमा ठुलो क्षति पुगे पनि काठमाडौँ उपत्यकाभित्रका किसानले भने धान बाली भित्र्याउन पाएका छन् ।केही दिन यता मौसममा सुधार आएसँगै ललितपुरस्थित खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । काठमाडौँ उपत्यकाको पुरानो बस्ती मानिने खोकनाका अधिकांश बासिन्दा कृषिमा आश्रित छन् ।खोकनाका किसानले गत असार–साउनमा रोपेको धान अहिले भित्र्याउन थालेका हुन् । यहाँका किसानले प्रायः पोखर