प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल उपमहानगरपालिका-३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्यास गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल नेतृत्वको लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने केबलकारको प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।