दशैंमा वित्तीय क्षेत्रका अफर : क्यासब्याकदेखि नगद छूटसम्म

काठमाडौं । दशैं तथा तिहारलाई लक्षित गरी नेपालको वित्तीय क्षेत्रले पनि ग्राहक लक्षित विभिन्न अफर ल्याएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक संस्था र रेमिट्यान्स कम्पनीहरूले चाडपर्वलाई लक्षित गर्दै विभिन्न अफर ल्याएका हुन् । विशेषगरी बैंकहरूले विभिन्न व्यापारिक संस्थासँगको सहकार्यमा किनमेलमा गर्ने भुक्तानीमा छूट दिने अफर ल्याएका छन् । नबिल बैंकले ‘दशैं धमाका अफर’ ल्याएको छ । त्यसअन्तर्गत नबिलको डेबिट तथा क्रेडिट कार्ड अनलाइन शपिङ प्लेटफर्महरू बिगमार्ट, दराज र किरानामा प्रयोग गर्दा क्यासब्याक पाइने व्यवस्था गरिएको छ । ग्राहकले बिगमार्टमा १० प्रतिशत छूट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउनेछन् । किरानामा १५ प्रतिशत छूट वा १ हजार ५०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिने बताइएको छ । यसैगरी दराजमा भने हरेक शुक्रवार १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छूट पाउन सकिने जानकारी बैंकले दिएको छ । सानिमा बैंकले पनि ‘दशैं धमाका’ योजना ल्याएको छ । बैंकले अनलाइन शपिङ पोर्टल दराजबाट सामान खरीद गर्दा छूट दिने योजना ल्याएको हो । डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई यस्तो सुविधा दिइने बैंकले बताएको छ । यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरीद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजारसम्मको छूट पाउनेछन् । यस्तै, क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रू. २ हजार ५०० सम्मको छूट प्राप्त गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकले दशैंको अवसरमा पोइन्ट अफ सेल (पीओएस) कारोबारमा क्यास अफर ल्याएको छ । चाडपर्वको अवसरमा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पीओएसको माध्यमबाट प्रतिकारोबार १ हजार रुपैयाँ वा सोभन्दा बढीको कार्ड स्विप गर्दा क्यासब्याक हुने अफर बैंकले ल्याएको हो । यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्विप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५०० रुपैयाँ, ६ देखि १० पटकको कार्ड स्विपमा १० प्रतिशत अधिकतम क्यासब्याक वा ७५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्विपमा १५ प्रतिशत अधिकतम क्यासब्याक वा १ हजारमध्ये जुन कम हुन्छ, सो बराबरको रकम ग्राहकले फिर्ता पाउँछन् । एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया भाइबर क्विज बज’ सञ्चालनमा ल्याएको छ, जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रूपमा आकर्षक उपहार जित्न सक्नेछन् । असोज १४ गतेदेखि शुरू भएको यो योजना कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ । क्विज बजमा दैनिक सहभागी भई सही जवाफ दिने एकजनाले साप्ताहिक रूपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने प्रत्येक दिन चारजनाले ५०० रुपैयाँको मोबाइल रिचार्जसमेत जित्न सक्ने कम्पनीले बताएको छ । यसैगरी, कुमारी बैंकले डेबिट र क्रेडिट कार्डका ग्राहकलाई विशेष छूट दिने उद्देश्यले दराजसँग सम्झौता गरेको छ । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई धूलिखेलको आगन्तुक रिसोर्टमा छूटको दिने अफर ल्याएको छ । त्यहाँ ग्राहकलाई बसाइ र खानामा विशेष छूट दिइने बताइएको छ । यस्तै, बैंकले आफ्नो एटीएम कार्डप्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सक्ने सुविधा पनि ल्याएको छ । दशैंको अवसरमा अन्य बैंक तथा वित्तीयहरूले विभिन्न अफर ल्याएका छन् । त्यसले व्यवसायमा सहयोग पनि पुगेको बैंकरहरू बताउँछन् । यसैगरी भुक्तानी सेवा प्रदायक संस्था नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले कनेक्ट आईपीएस मोबाइल एपमार्फत मोबाइल वालेटमा गरिने फण्ड लोड निःशुल्क गरेको छ । बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा पनि शुल्क नलाग्ने बताइएको छ । असोज २० गतेदेखि शुरू भएको यो अफर कात्तिक २५ गतेसम्म कायम रहनेछ । ई–सेवाले पनि दशैं, तिहारलाई लक्षित गर्दै विभिन्न अफर ल्याएको छ । घटस्थापनादेखि शुरू भएको सो अफर असोज ३१ गतेसम्म चल्नेछ । यस अवधिमा ई–सेवाबाट कुनै पनि बैंक खातामा निःशुल्क रूपमा रकम ट्रान्सफर गर्न सकिनेछ । बम्परमा एकजनाले एउटा स्कुटर पाउने बताइएको छ । यस्तै साप्ताहिक रूपमा एकजना विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन् भने मोबाईल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउने व्यवस्था गरिएको छ । आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आईएमई पेले ‘दशैंको झट्का’ स्कीम ल्याएको छ । यस अन्तर्गत अन्तर्गत आईएमई पे वालेटबाट हवाई टिकट खरीद गर्दा ५० प्रतिशतसम्म क्यासब्याक पाइनेछ । दशैंलाई लक्षित गरेर भुक्तानी सेवा प्रदायक अन्य कम्पनीले पनि विभिन्न अफर ल्याएका छन् । रेमिट्यान्सतर्फ आईएमई ले ‘डबलको डबलको डबल अफर’ ल्याएको छ । असोज १ गतेदेखि शुरू भएको यो अफर कात्तिक २६ गतेसम्म लागू हुन्छ । उक्त अफरमा विदेशबाट पठाइएको रकमको आठ गुणासम्म पुरस्कार जित्न सकिने बताइएको छ । साथै, हरेक हप्ता दुईजनालाई पठाएको रकमको दुई गुणा, हरेक महीना पठाएको रकमको ४ गुणा बराबरको पुरस्कार दिइने कम्पनीले बताएको छ । यस्तै, रेमिट्यान्स आईएमई–पेमा प्राप्त गरेमा २०० रुपैयाँ थप बोनस पाइने व्यवस्था पनि छ । क्यापिटलतर्फ कुमारी क्यापिटललले ‘उत्सवलाई महाउत्सव बनाउने’ योजना ल्याएको छ । हितग्राही खाताको पहुँच वृद्धि गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । यसमा सरकारको ‘एक नेपाली : एक डिम्याट खाता’ अभियान अन्तर्गत निःशुल्क हितग्राही खाता खोल्न सकिनेछ । प्रभु क्यापिटलले पनि दशैं लक्षित ‘डबल धमाका’ अफर ल्याएको छ । यो योजनामा १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालीम पनि प्रदान गरिने क्यापिटलले जानकारी दिएको छ । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यशाली १० जना ग्राहकलाई यो योजना अन्तर्गत विजेता छनोट गरिनेछ । दैनिक विजेताको सूची एक दिनपछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने बताइएको छ । यसरी छनौट भएका ग्राहकले खाता खोलिसकेपछि १९९ रुपैयाँमा २५ प्रतिशत टीडीएस कट्टी गरी बाँकी रकम ग्राहकको बालेटमा फिर्ता गरिने क्यापिटलले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

नयाँ वर्षमा होन्डाको अफरै अफर

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनि प्रालि अन्तर्गत  होन्डा कारले नयाँ वर्ष २०८१ को अवसरमा ग्राहकका लागि अफरै अफर योजना सार्वजनिक गरेको छ । होन्डाको गाडी खरिद गर्ने ग्राहकलाई नगद छुट तथा अन्य सुविधा सहित योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । अफर अनुसार २० प्रतिशत डाउनपेमेन्ट, १०.४९ प्रतिशत ब्याजदर, एक वर्षको फ्री टयाक्स, एक वर्षको […]

भेस्पा र अप्रिलियाको चाडपर्व अफर

काठमाडौं– दसैं तिहार नजिकिँदै गर्दा दुगड ब्रदर्स एण्ड सन्स प्रालिले भेस्पा, अप्रिलियामा चाडपर्व बम्पर अफर सार्वजनिक गरेको छ । कम्पनीले भेस्पा, अप्रिलिया स्कुटरको खरिदमा ४० हजार रुपैयाँ नगद छुटको घोषणा गरेको हो । आकर्षक नगद छुटको घोषणा गर्दै कम्पनीले हालसम्म कै उत्कृष्ट अफर योजना ल्याएको जनाएको छ । जसअनुरूप ग्राहकले कुनै पनि भेस्पा, अप्रिलियाको खरिदमा […]

काठमाडौंमा जारी फुटवयर बिजनेस एक्स्पोमा नगद छुटसहित नगद उपहार योजना सार्वजनिक

काठमाडौं,३२ साउन । काठमाडौंको भृकुटीमण्डपमा आयोजित फुटवयर बिजनेस एक्स्पोमा विशेष छुटसहित नगद उपहार योजना ल्याइएको छ । आयोजकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै यस्तो अफर ल्याएका हुन् । आयोजकका अनुसार मेलामा आएर जुत्ता चप्पल खरिदमा २० प्रतिशत छुट प्रदान गरिने भएको छ । त्यसका साथै स्क्रयाच कुपनका आधारमा थप नगद उपहार प्रदान हुने भएको छ । […]

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा नगद अफर

खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठूलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ । २ महिनाको यो अफर अन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर एन १६० बाइक ५ जनासम्मले जित्न सकिने अफर ल्याएको हो । योलगायत आइफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, १ करोड भन्दा बढी […]

ड्याट्सनले ल्यायो मनसुन अफर

ड्याट्सन रेडि–गोले मनसुन अफर ल्याएको छ । आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले उक्त अफरमा साढे २ लाख रुपैयाँसम्म नगद छुट दिने उल्लेख गरेको छ ।यसबाहेक चालू आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीको भनाइ छ । मनसुन अफरअन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ पाउनेछन् । यो अफर नेपालका सबै शोरुमहरुमा लागू हुने […]

ड्याट्सन रेडी–गो मनसुन अफर : २ लाख ५० हजार छुट पाइने

पायोनियर मोटो कर्पले  ड्याट्सन रेडी–गोमा मनसुन अफर ल्याएको छ ।  जसमा २ लाख ५० हजार नगद छुट र चालु आर्थिक वर्षको लागि बीमा समावेश गरिएको कम्पनीले जनाएको छ । यस मनसुन अफर अन्तर्गत ग्राहकले तीन वर्षको वारेन्टी र तीन वर्षको सर्भिसिङ  पाउने जनाइएको छ। यो अफर नेपालका सबै सोरुमहरुमा लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बेनेलीले ल्यायो ‘२५ हजार क्यास डिस्काउन्ट’ अफर

इटालियन बाइक कम्पनी बेनेलीले नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘सोझै २५,००० क्यास डिस्काउन्ट’, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको हो । नयाँ वर्ष २०७९ को अवसरमा बेनेलीले बाइक र स्कुटरका सबै भेरियन्टका लागि यो छुट दिइने बताएको छ ।  यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ । नेपालमा बेनेलीका प्रिमियम, प्रिमियम प्लस र टुर सृग्मेन्टका बाइकहरु उपलब्ध हुने गरेका छन् ।

सुजुकीको ७ दिने एक्सचेन्ज अफर

सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर संचालन गरेको छ । ललितपुरको बालकुमारीमा संचालित अफर फागुन २७ देखि चैत ४ गते सम्म संचालन हुने कम्पनीले जनाएको छ । अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ सुजुकी गाडी साट्न सक्छन् ।अफरमा एक्सचेन्ज गरि नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रुपैयाँसम्म अतिरिक्त छुट समेत प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । नारायणी अटोले १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

क्लासिक टेककाे 'बिग अफर' सबै सित्तैमा

काठमाण्डाै – नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले द बिग अफर सबै सित्तैमा याेजना ल्याएकाे छ । यस याेजनामा ग्राहकले छुट, बाेनसका साथै राउटर सित्तैमा पाउने कम्पनीले जनाएकाे छ । यसरी ल्याइएकाे भारी छुटसहितको बिग अफर नेपालमै पहिलो भएकाे कम्पनीकाे दाबी छ ।  क्लासिकका ग्राहकले तोकिएका प्याकेजमा १५ प्रतिशत नगद छुट, ६ महिना बोनस (तीन महिना इन्टरनेट र ३ महिना आईपीटीभी) र फाइभ जीएचजेड डुअल ब्यान्ट राउटर एकैसाथ पाउनेछन् । यसबारे क्लासिक टेकमा फोन ९८०२९२२३०४अथवा फेसबुकमार्फत जानकारी लिन सकिने कम्पनीले जनाएकाे...

केजी इन्टरकन्टिनेन्टलको विन्टर अफर

केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर ल्याएको जनाएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान हुने बताइएको छ ।यो अफर देशभरका सबै शोरुममा लागू हुने प्रालिले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको एनएचटी२०० बाइक खरिद गर्दा ग्राहकले नगद १० […]