एकैदिन चट्याङ्ग लागेर २ मृत्यु, १३ जना घाइते

एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका हुन् । प्युठानको ऐरावती– ६ बिजुलीकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ लागेर मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । सोही स्थानमा चट्याङ लागेर अन्य पाँच जना घाइते भएका छन् ।

सम्बन्धित सामग्री

उज्जैनको महाकाल मन्दिरको गर्भगृहमा आगलागी, १३ जना घाइते

काठमाडौं : भारतको मध्य प्रदेशको उज्जैनमा रहेको महाकाल मन्दिरको गर्भ गृहमा आगलागी हुँदा पुजारीसहित १३ जना घाइते भएका छन्। आज बिहान मन्दिरको गर्भगृहमा होलीका अवसरमा भस्म आरती गर्न गुलाल फाल्ने क्रममा आगलागी भएको हो। आरतीको क्रममा आगलागी हुँदा मुख्य पुजारी सञ्जय गुरुसहित पुजारी र मन्दिरका कर्मचारीसहित १३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उज्जैनका जिल्ला अधिकारी निरजकुमार सिंहले घटनाको पुष्टि गर्दै घाइतेलाई उज्जैनको जिल्ला अस्पताल लगिएको बताएका छन्।

पाल्पामा जीप र भ्यान दुर्घटना, १३ जना घाइते

६ कात्तिक, पाल्पा । पाल्पामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । आज सोमबार बिहान र दिउँसो दुई स्थानमा भएका दुर्घटनामा परी १३ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सोमबार बिहान पाल्पाको रम्भा गाउँपालिका नम्बर ४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् […]

दक्षिणी थाइल्यान्डमा बम आक्रमण, १३ जना घाइते

थाइल्यान्डको दक्षिणी क्षेत्रमा लुकाएर राखिएको बम विष्फोट भएको छ । विस्फोट हुँदा कम्तीमा १३ जना घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । उपप्रधानमन्त्री सोमसाक थेप्सुटिनलाई उद्धृत गर्दै सरकारी वेबसाइटमा प्रकाशित...

भक्तपुर नलिनचोकमा भएकाे दुर्घटनामा १३ जना घाइते

भक्तपुरको सूर्य विनायक न.पा.९ नलिनचोकमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।...

एकैदिन चट्याङ लागेर दुई जनाको मृत्यु, १३ जना घाइते

काठमाडौँ – एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर उनीहरुको मृत्यु तथा घाइते भएका हुन्। प्युठानको ऐरावती– ६ बिजुलिकोट बस्ने १२ र ७ वर्षका दुई बालकको चट्याङ […]

एमालेको विजयी जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना, १३ जना घाइते

मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा गइरहेको ट्याक्टर दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । बिहीबार को २ च १४३७ नम्बरको ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हुँदा १३ जना घाइते भएका हुन् । ट्याक्टर एमालेको जुलुस लिएर जाने क्रममा ट्याक्टर पल्टिएको र १३ जना घाइते भएको स्थानीयवासीले बताएका छन् ।घाइते भएका २६ वर्षीय जालन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनीको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरुको गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका

दाङमा जिप दुर्घटना, १३ जना घाइते

दाङ– यात्रुबहाक जिप दुर्घटनामा परेर दाङमा १३ जना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो। घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। घाइते १३ जनामध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको […]

जिप दुर्घटनामा १३ जना घाइते

यात्रुवाहक जिप दुर्घटनामा परी दाङमा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । घाइते १३ जनामध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ । केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

बारामा जीप दुर्घटना ,१ जनाको मृत्यु , १३ जना घाइते

काठमाडौँ । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका-२१ आधारभार जङ्गलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो । सेढाइ जीपका चालक हुन् । दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् […]

सवारी दुर्घटनामा परी एकको निधन, १३ जना घाइते

उदयपुरको कटारी नगरपालिका ११ हर्देनीस्थित सिद्धिचरण लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।...