महेन्द्रनगर । हिन्दु समाजमा नारीले लास छुन र मलामी समेत जान नमिल्ने परम्परा रहिआएको बेला कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.४ बैतडा टोलकी बिस्ना देवी लुहारले मृत आमाको दिवंगत शरिरमा दागबत्ती दिएकी हुन् । शुक्रबार बिहान ६८ वर्षकी धर्मादेवी लुहारको निधन भएको थियो । मृतक लुहारको एक्लै सन्तानको रूपमा छोरी मात्रै रहेकाले दागबत्ती दिएको जनाएको छ …