खलङ्गा । हिजो साँझ हृदयाघातबाट निधन भएका योगेश रानाको आज २०७७ चैत ७ गते प्युठान, स्वर्गद्वारी नगरपालिका वडा नं. २ धनबाङ खोलाको दोभानमा अन्तिम दाहसंस्कार गरिएको छ ।
राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले शोध मन्तव्यका साथै योगेश रानाको दाहसंस्कार गरिएको थियो ।
दाहसंकार नेकपा (मसाल) प्युठानका प्रवक्ता ज्ञामुराम न्यौपानेले रानाको शवमाथि पार्टीको झण्डा ओढाउनुभएको थियो ।
राजमो प्युठानका जिल्ला उपाध्यक्ष इमानसिंह खड्काले उदघोष गर्नुभएको शोकसभामा रानाको सम्झनामा एक मिनेट मौनधारण गरेपछि प्युठान जिल्ला समन्वय समितिका अध्यक्ष केसवराज आचार्यले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।
शोकसभामा स्वर्गद्वारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकाय, राजमोका जिल्ला सचिव लालबहादुर राउत, जिल्ला सदस्य गिरबहादुर गुरुङ, इन्द्रबहादुर खड़का, थम्मन बुढामगरले पनि रानालाई श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
दाहसंस्कार स्थलमा वडाध्यक्षहरूका साथै एमाले, नेका, माओवादी–केन्द्रका प्रतिनिधि र आम जनसमुदायको उपस्थिति रहेको शिव पन्थीले जानकारी गराउनुभएको छ ।
यो पनि : रहेनन् अन्टुक प्युठानका उपाध्यक्ष योगेश राना