गृहमन्त्री बालकृष्ण खाणले तोकिएको मितिमा नै निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । सरकारले आगामी वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन आउन अब ७० दिन बाँकी रहेकोले निर्वाचन सोही समयमा सम्पन्न गर्नेमा कुनै शंका नगर्न आग्रह गरे ।रुपन्देहीको भैरहवास्थित पक्लिहवा माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव समारोह तथा भवन शिलान्यास गर्दै मन्त्री खाणले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दावसमेत गरे । उनले त्यसका लागि सबै राजनीतिक दलहरुले स्वस्थ प्रतिस्पर्धा गर्ने सर