सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याइएको छ । अस्पतालले आवश्यक मुचुल्का तथा कागजपत्र मिलाएर शवको पोस्टमार्स्टम सुरु गरिसकेको छ । एउटा शवको पोस्टमार्टम सक्न कम्तीमा ४ घण्टा लाग्ने अस्पतालले जनाएको छ ।