सीके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेका छन् । यद्यपि जनमत पार्टी र उसको विद्यार्थी संगठनले भने यसको जिम्मेवारी लिएको छैन ।शुक्रबार धनुषाको सबैलास्थित रघुनाथपुरमा रहेको फकिर चन्द उच्च माध्यमिक विद्यालय, बरकुर्वाका प्रधानाध्यापक वैजु साहलाई जनमत पार्टी निकट विद्यार्थी संगठनको अगुवाइमा कालोमोसो दलेर दुर्व्र्यवहार गरिएको स्थानीयवासीले जनाएका छन् ।मोटरसाइकल चढेर विद्यालय जाँदै गरेको अवस्थामा प्रधानाध्यापक साहलाई विद