रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित राममणि बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकले सो आरोप अस्वीकार गरेका छन् । स्वास्थ्यमा समस्या आएपछि डेरामा छाड्न जाँदा आफूलाई विज्ञान शिक्षक केशव ढुंगानाले दुर्व्यवहार गरेको पीडित छात्राले आरोप लगाएकी छिन् । तर, आरोपित शिक्षकले दुर्व्यवहार नभएको जिकिर गरेका हुन् ।छात्रालाई दुर्व्यवहार गरेको अस्वीकार गर्दै ढुंगानाले रातोपाटीसँग भने,‘मानवीय नाताले डेरामा छाड्न गएको थिएँ, त्यहाँ दुई मिनेट बसेर फर्केको हुँ ।’