महोत्तरी । ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकुलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकुलमा पढ्न पाउने भएका छन् । दलित भएकै कारण भर्ना नपाएको भन्ने समाचार आएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले बर्दियाको बारबर्दिया–६ का चार दलित परिवारका छात्रको पठनपाठनको जिम्मेवारी लिने भएको हो । सम्बन्धित समाचार : गुरुकुललाई […]