२७ कात्तिक, काठमाडौं । पोखरा–जोमसोम हवाई रुटमा क्यामरा जडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । यो रुटमा छिनछिनमा परिवर्तन हुने मौसमले हवाई उडान सुरक्षामा जोखिम निम्त्याउने गरेको छ । यस रुटको हवाई सेवालाई सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन रुटमा क्यामेरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ । यसमा […]