घ्याङ्फेदी माविमा ‘आविष्कार केन्द्र’ स्थापना

काठमाडौँ,१५ पुष । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन् । घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवद्र्धन तथा नवन आविष्कारको लागि केन्द्रको स्थापना गरेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर स्याङ्ताङले जानकारी दिए । उनको अनुसार यसअघि विद्यालयको समन्वय तथा विद्यार्थीको स्वःस्फूर्तरुपमा वैज्ञानिक आविष्कार हुँदै आएकाले विद्यालयमार्फत संस्थागत व्यवस्थापन गर्न […]