आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेशनलाई सहयोग

सङ्खुवासभाको मकालु गाउँपालिकास्थित मकालु युवा समाजले फजुल खर्च कटाएर रु एक लाख ७७ हजार ४७४ सहयोग जुटाएको छ ।  समाजले राष्ट्रिय आविष्कार केन्द्र र धुर्मुससुन्तली फाउण्डेसनलाई सो रकम सहयोग गरेको हो । विभिन्न व्यक्तिसँग सङ्कलन गरेको रकम राष्ट्र निर्माणका लागि सहयोग गरिएको समाजका सहसंयोजक नवराज कार्कीले जानकारी दिए ।  सामाजिक क्षेत्रमा विभिन्न काम गरिरहेको समाजले फाउण्डेसन र केन्द्रलाई रु ८८ हजार ७३७ का दरले सहयोग गरेको समाजका सहसंयोजक कार्कीले बताए । युवाको फजुल खर्च कटाएर राष्ट्र निर्माण अभियानका लागि सहयोग ...

सम्बन्धित सामग्री

धरान उपमहानगरले  स्थानीय आविष्कार केन्द्र खोल्ने

१५ माघ,काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए […]

आशा जगाउँदै आविष्कार केन्द्र

‘जसले रित्ता बोतल फ्याँकेका थिए, सम्भवतः तिनै साथीहरू पनि त्यही बेन्चमा आराम गर्दै हुनुहुन्छ होला,’ उनले मुस्कुराउँदै भने, ‘प्लास्टिक हाम्रो शत्रु मात्र होइन, मिलाएर व्यवस्थापन गरे मित्र पनि हो।’...

घ्याङ्फेदी माविमा ‘आविष्कार केन्द्र’ स्थापना

काठमाडौँ,१५ पुष । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन् । घ्याङ्फेदी मावि अध्ययनरत विद्यार्थीले विज्ञानको नवप्रवद्र्धन तथा नवन आविष्कारको लागि केन्द्रको स्थापना गरेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर स्याङ्ताङले जानकारी दिए । उनको अनुसार यसअघि विद्यालयको समन्वय तथा विद्यार्थीको स्वःस्फूर्तरुपमा वैज्ञानिक आविष्कार हुँदै आएकाले विद्यालयमार्फत संस्थागत व्यवस्थापन गर्न […]

घ्याङ्फेदी माविमा ‘आविष्कार केन्द्र’ स्थापना

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले ‘घ्याङ्फेदी आविष्कार केन्द्र’को स्थापना गरेका छन्।...

आविष्कार केन्द्र खोल्दै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ। काठमाडौँ महानगरपालिकाको कार्यालयमा मेयर बालेन शाह र महावीर पुनबीच भएको भेटवार्तामा महानगरपालिकाले उचित ठाउँ खोजी महानगरभित्रै आविष्कार केन्द्र खोल्नेबारे छलफल भएको बालेनका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।  मेयर भएपछि शाहले आविष्कार केन्द्रसँग सहकार्य गर्दै विभिन्न कामहरू गर्दै आएका छन्। यसरी अहिलेसम्म गरिएको सहकार्यमा कुनै बाधा […]

युवाको ‘प्रविधि सपना’ पूरा गर्न सघाउँदै आविष्कार केन्द्र

केन्द्रमा जति सिद्धान्त पढेका विद्यार्थीहरु छन्, त्यही हाराहारीमा अन्य पेशामा संलग्न पेशाकर्मीहरुले अन्वेषणको काम गरिरहेका छन् । कुनै समय त गैरविद्यार्थीले नै धेरै परीक्षण पनि गरिरहेका हुन्छन् ।

हात थाप्दै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौं, पुस २५ । निर्यातमुखी अर्थतन्त्र नेपालको परिचय बन्दै आइरहेका बेला राष्ट्रिय आविष्कार केन्द्रले एक दशकदेखि विभिन्न वस्तुको निर्माण गरी अन्धकारमा दीयो जगाउने काम गरेको छ । नेपालमा आविष्कार र अनुसन्धानमूलक क्षेत्रमा कम लगानी हुने गरेको अवस्थामा केन्द्रले कृषि औजार निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ । उसले बनाएको बच्चालाई न्यानो बनाउने बेबी वामर र […]

आविष्कार केन्द्र र उद्योग संगठनबीच सहकार्य हुने

विराटनगर (अस) । उद्यमशीलता विकास तथा उत्पादकत्व अभिवृद्धिका लागि नवप्रवर्तनात्मक सोचलाई व्यावसायिक उद्यमशीलतामा रूपान्तरण गर्न उद्योग संगठन मोरङ र राष्ट्रिय आविष्कार केन्द्रबीच सहकार्य हुने भएको छ । उद्योग व्यवसायको उत्पादकत्व एवं प्रभावकारिता बढाई उत्पादन लागत कम गर्न केन्द्रसँगको सहकार्यले सहयोग पुग्ने उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले बताए । सम्भावित लगानीकर्ताको खोजी गर्नुका साथै नवीनतम सोचहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले संगठनले स्टार्टअप तथा इनोभेशन समितिको स्थापना गरेको प्याकुरेलले जानकारी दिए । समितिमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई प्रमुख सल्लाहकारमा मनोनीत गरी केन्द्रका साथ सहकार्य अघि बढाइएको उनले बताए । केन्द्रका अध्यक्ष पुनले नेपालको सन्दर्भमा आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गरी व्यापार घाटा कम गर्न सबै प्रकारका नवीन व्यावसायीक प्रविधिको उपयोग आजको आवश्यकता रहेको बताए । अनुसन्धानका लागि गर्नुपर्ने खर्च व्यवस्थापनका लागि राज्यले कुल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत रकम छुट्ट्याई कोष स्थापना गर्नुपर्ने र आवश्यक नीति, नियम र कार्यविधि बनाई तत्काल काम गर्नुपर्नेमा उनले जोड दिए । त्यसैगरी उद्योग व्यवसायका साथै बंैकिङ क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्ट्याएको १ प्रतिशत रकमबाट नवप्रवर्तनको क्षेत्रमा खर्च गर्न पाउनुपर्ने कानूनी व्यवस्थाका लागि पहल गर्नुपर्ने माग उनले गरे । संगठनका कार्यसमिति सदस्य तथा स्टार्टअप तथा इनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नयाँ प्रविधिको विकास, क्षमता भएर पनि आर्थिक अभावमा प्रवद्र्धन हुन नसकेका नवीनतम अवधारणालाई संगठनले सहयोग पुर्‍याउने बताए । संगठनका निवर्तमान अध्यक्ष भीम घिमिरेले देशलाई आर्थिक रूपमा सबल र सक्षम बनाउन आविष्कारका कार्यलाई बढावा दिँदै यस क्षेत्रमा सबैले सहयोग पु¥याउनुपर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले उद्योग कलकारखानामा प्रयोग हुने सानोभन्दा सानो मिल मेशिनरी पार्टपुर्जा औजार आदिका लागि समेत आयातमा भर पर्नुपर्ने अवस्था अन्त्यका लागि नवीन खोज, वैज्ञानिक अनुसन्धान उपयोगमा काम गर्नुपर्ने बताए ।

कोरोना उपचारमा सहयोग गर्दै आविष्कार केन्द्र

कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वभर फैलिइरहँदा नेपालमा भने महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्रविधिलाई प्रयोग गर्दै विभिन्न अत्यावश्यक सामग्री बनाउन जुटिरहेको छ ।

​दाङमा आविष्कार केन्द्र खोल्ने इच्छा छ : महावीर पुन

दाङ, वैशाख – १६ – म्यागसेसे पुरस्कार विजेता महावीर पुनले दाङको तुलसीपुरमा आविष्कार केन्द्र खोल्ने बताउनुभएको छ । तुलसीपुर उप–महानगर...