काठमाण्डाै – हप्ताको पहिलो दिनदेखि ओरालो लागेको शेयर बजार लगातार चौथो दिन बुधवार पनि घटेको छ । नेप्से आज १६ दशमलव ९७ अङ्कले घटेर दुई हजार आठ सय एक दशमलव १३ विन्दुमा झरेको छ ।
आज विकास बैंक र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ । बैंकिङ समूहको झण्डै चार अङ्कले, व्यापारको १३, जलविद्युतको ५९, होटलको ७४, फाइनान्सको ३३, जीवन बीमाको ७५, निर्जीवन बीमाको एक सय ४४, उत्पादनको एक सय ३३ र अन्य समूहको शेयर १८ अङ्कले घटेको छ ।
आज दुई सय २२ कम्पनीका एक करोड १६ लाख कित्ता शेयर चार अर्ब ५८ करोड रुपैयाँमा क...