काठमाण्डाै – यो हप्ता लगातार तीन दिन घटेको शेयर बजार हप्ताको चौथो दिन आज बुधवार भने ४० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ६८ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव २५ बिन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, अन्य, बीमा र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
शेयर बढेकाे दिन दुई सय ३२ वटा कम्पनीका ४५ लाख दुई हजार कित्ता शेयर दुई अर्ब २५ करोड रुपैयाँमा कारोबार भयो । सबैभन्दा धेरै सिद्धार्थ इन्सुरेन्स लिमिटेडको ११ करोड २७ लाख रुप...