नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति ध्रुवीकरण भइरहेको बेलामा एमालेले नेतृत्व गरेको ध्रुवमा सबै गोलबद्ध हुनुपर्ने बताएका छन् । अहिले फरकफरक विचार र सिद्धान्तका पार्टीहरुले गठबन्धन गरेको भन्दै पोखरेलले देशमा स्थायित्व चाहने सबै एमालेभित्र गोलबद्ध हुनुपर्ने बताएका हुन् । चितवनका जनप्रिय नेता जागृतप्रसाद (जेपी) भेटवालको चौथो स्मृति दिवसको अवसरमा सोमबार चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलीसभा एवं स्मृति ग्रन्थ विमोचन समारोहमा उहाँले अहिलेको र