काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र देशको पहिलो पार्टी नभएसम्म देशमा स्थायित्व कायम नहुने दाबी गरेका छन्। काठमाडौंको जोरपाटीमा सर्लाही-काठमाडौं समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘माओवादी एक नम्बरको पार्टी नभएसम्म राजनीतिक स्थायित्व हुँदैन। देशको समृद्धि, विकास र स्थायित्व हुँदैन। पछिल्लो एक दशकले त्यो पुष्टि गरिसक्यो।’ केपी ओलीलाई प्रधानमन्त्री बनाएर सात दशक लामो