सल्यानका ५ ठाउँमा शुद्ध पानी निकाल्ने मेसिन जडान

भदौ २२, सल्यान । सल्यानका पाँच ठाउँमा शुद्ध र औषधियुक्त पानी निकाल्ने कांगेन मेसिन जडान गरिएको छ ।  यो मेसिनले छरितो र सहज रुपमा सात प्रकारको फरक फरक विशेषता र गुण भएको पानी निकाल्ने दाबी गरिएको छ । जिल्लाको दार्मा गाउँपालिकामा दुई ओटा, कपुरकोट र त्रिवेणी गाउँपालिका तथा शारदा नगरपालिकामा एक/एक ओटा कांगेन मेसिन जडान गरिएको हो ।  कपुरकोट गाउँपालिकाको वडा नम्बर १ दहवनमा जडान गरिएको कांगेन मेसिनको उद्घाटन गर्दै कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले पानी पिउन योग्य भएन भने धेरै किसिमका रोगहरु लाग्ने भएकाले शुद्ध पानीको प्रयोगमा जोड दिए ।  गाउँपालिकाले विभिन्न मुहानको पानीको परीक्षण तथा शुद्धता जाँच कार्यक्रम गरेको जनाउँदै यस वर्ष पनि खानेपानी तथा सरसफाई योजना अघि सारिएको जानकारी गराए ।  यसका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको कपुरकोट गाउँपालिकाले जानकारी दिएको छ । कपुरकोट १ मा साधारण पानीलाई पनि छानेर शुद्ध र स्वच्छ बनाउने मेसिन जडान भएपछी यहाँका ६० घरधुरीले यसको उपभोग गर्न पाउने भएका छन् ।  शून्य लगानीमा ६० घरधुरीले कांगेन मेसिनले प्रशोधन गरेको पानी प्रयोग गर्न पाउने भएको परिवर्तन सप्लायर्सका निमित्त प्रवन्धक निराजन विकले बताए ।  एउटा मेसिनको मूल्य पाँच लाख १० हजार रहेको छ भने जडान गर्दा करीब २२ हजार रुपैयाँ खर्च भएको छ । र यो खर्च परिवर्तन सप्लायर्स र डिजिटल टेक्नोलोजि नेपालले व्यहोरेको विकले बताए । जापानिज टेक्नोलोजिबाट निर्मित यो मेसिनले साधारण पानीलाई शुद्ध र स्वस्थ्य बनाउनका साथै पिउन योग्य बनाउने उनको दाबी छ । मेसिनबाट प्रशोधित पानी वितरण र आवश्यक समन्वय तथा सहजिकरणका लागि एक जना सहजकर्ता पनि नियुक्त गरिएको परिवर्तन सप्लायर्सका रोशन केसीले बताए ।  उनका अनुसार कांगेन मेसिनबाट प्रशोधित पानीले विभिन्न सर्ने तथा नसर्ने रोगहरु ब्लड प्रेसर, वाथ रोग, ग्याष्ट्रीक, अलसर, क्यन्सर जस्तो रोग निको बनाउन समेत मद्धत गर्ने दाबी गरिएको छ  ।  सल्यानमा तत्काल थप आठ ओटा मेसिन जडान गर्न लागिएको पनि केसीले बताए । पाँच वर्षको वारेन्टी रहेको यो मेसिन १५ देखी २० वर्षसम्म प्रयोग गर्न सकिने उनले बताए ।  उनका अनुसार मेसिनमा प्लाटिनियम कोडेड र टाइटानियम प्लेट जस्ता महँगा प्लेटहरु र चुम्बकिय शक्ति जडन गरिएको हुन्छ । प्लाटिनियम कोडेड र टाइटानियम प्लेट सुन भन्दा पनि दुई गुणा महँगो धातु भएको बताइएको छ ।

सम्बन्धित सामग्री

दूधकोशीको पानी खाेटाङकाे भुम्जुडाँडामा

खोटाङ - हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजना अन्तर्गत दूधकोशीको पानी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडामा पुर्याइएकाे छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट दूधकोशीको पानी परीक्षण स्वरुप भुम्जुडाँडा निकालिएको हो । दूधकोशीबाट १ सय ५० एमएमको पाइपमार्फत् ४ हजार ५ सय मिटरमाथि रहेको डाँडामा पानी निकालिएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो ।  भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीय&...

जलविद्युत् आयोजनाले पानी सुकाएपछि सोलुखोला क्रसर उद्योगको कब्जामा

सोलुखुम्बु – पानी सुकाएर बगरमा परिणत भएसँगै अहिले सोलुखोला क्रसरहरुको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ । खोलामा पानी नभएपछि क्रसर उद्योगहरुले गाडी नै खोलामा लगेर ढुंगा तथा बालुवा उत्खनन गर्न थालेका छन् । क्रसर उद्योगहरुले सोलुखोलाको बीचबाट धमाधम ढुंगा निकालिरहेका छन् ।  स्थानीयहरु खाेलाबाट ढुंगा निकाल्ने काममा लागेका छन् । रोजगारी दिने भन्दै क्रसर उद्योगीहरुले आफूहरुलाई खोलाभित्रको ढुंगा निकाल्न लगाएको स्थानीय रमन तामाङ बताउनुहुन्छ । जल विद्युत् आयोजनाले सामान्य मापदण्ड पालनामा ख्याल नगर्नु ...

कच्चा पदार्थ अभावले हलेदोबाट तेल निकाल्ने उद्योग सकंटमा

लमजुङ – सुगन्धित तेल प्रशोधन गर्न लमजुङकाे सुन्दरबजारमा स्थापना भएकाे आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ। हलेदो (कच्चा पदार्थ) बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलाे हो। यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै आएकाे छ। हलेदोबाट तेल उत्पादन गर्न पानी र दाउरा प्रयोग गरिन्छ। पानी र दाउराको सहज आपूर्ति भए […]

कच्चा पदार्थको अभावका कारण हलेदोबाट सुगन्धित तेल निकाल्ने उद्योग सकंटमा

काठमाडौँ- सुगन्धित तेल प्रशोधन गर्न लमजुङको सुन्दरबजारमा स्थापना भएको आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ । हलेदोबाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलो हो । यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै आएको छ । हलेदोबाट तेल उत्पादन गर्न पानी र दाउरा प्रयोग गरिन्छ । पानी र दाउराको […]

अभाव टार्न बोरिङबाट पानी निकालिँदै

पर्वत । हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको सदरमुकाम कुस्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ । अहिलेसम्म रहेका तीन वटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन । गर्मीयाम सुरु भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । त्यसको समाधान गर्न बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ । शिवालय कुस्मा […]

बोरिङ प्रविधिबाट पानी निकालेर कुश्मा बजारमा वितरण गरिने

पर्वत : हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको पर्वत सदरमुकाम कुश्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ। अहिलेसम्म रहेका तीनवटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन।गर्मी याम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ। जसलाई समाधान गर्न करिब बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ। शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवीकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै परीक्षण गर्दा १७० मिटरको गहिराइमा पानी भेटिएको छ।&nb

गफमै सीमित भयो जमिनमुनिको ग्यास निकाल्ने योजना

२ मंसिर, काठमाडौं । कागेश्वरी मनहरा–९ को सुन्दरचोकस्थित तरकारी बजार नजिकै जमिनमुनिबाट पानी तान्न बोरिङ खन्ने क्रममा बुधबार दिउँसो प्राकृतिक ग्यास निस्किँदा स्थानीय त्रसित बने । काठमाडौं उपत्यकाका विभिन्न भागमा गहिरा बोरिङ गाड्दा यसरी मिथेन ग्यास निस्कने गरेको छ । सरकारले भने यस्तो ग्यास उपयोग गर्नेतर्फ कुनै चासो दिएको छैन । खानी तथा भू-गर्भ विभागका […]

घरभित्रबाट खानेकुरा निकाल्न भ्याउँदा नभ्याउँदै फेरि पर्न थाल्यो पानी...

मेलम्ची : इन्द्रावती नदीको भेल केही कम हुन थालेपछि थोरै भए पनि राहतको सास फेरेका थिए यहाँका बासिन्दाहरूले। अब त पानी पर्नासाथ आत्तिन थालेका छन् उनीहरू। यस क्षेत्रमा फेरि पानी पर्न सुरु भएको छ। पानी नपर्दा बचेका घरबाट सामान निकालिरहेका मानिसहरुको काम बिथोलिएको छ। उनीहरूले सामान निकाल्ने काम हालका लागि रोकेका छन्।  केहीले…

फेवातालको गहिराई बढाउन माटो निकाल्ने तयारी

पानी घटाएको मौका पारेर माटो निकाल्दै फेवातालको गहिराई बढाइने भएको छ । अहिले तालको बाँध मर्मतसम्भार गर्न फेवातालको पानीको सतह घटाइएको छ ।...