पर्वत : हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको पर्वत सदरमुकाम कुश्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ। अहिलेसम्म रहेका तीनवटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन।गर्मी याम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ। जसलाई समाधान गर्न करिब बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ। शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवीकुमार श्रेष्ठका अनुसार कुश्मा नगरपालिका–४ चिलाउने चौतारा नजिकै परीक्षण गर्दा १७० मिटरको गहिराइमा पानी भेटिएको छ।&nb