अभाव टार्न बोरिङबाट पानी निकालिँदै

पर्वत । हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको सदरमुकाम कुस्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ । अहिलेसम्म रहेका तीन वटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन । गर्मीयाम सुरु भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । त्यसको समाधान गर्न बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ । शिवालय कुस्मा […]

सम्बन्धित सामग्री

धारा बन्यो तर पानी आएन

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा […]

धारा बने पनि पानी आएन

गलकोट (बागलुङ)- बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन व...

धारा बने पनि पानी आएन

गलकोट (बागलुङ)- बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन । बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन व...

बागलुङ नगरका माझी बस्ती : धारो छ, पानी छैन

बागलुङ : घरै अगाडि पहेँलो रंगका धाराहरू छन्। बागलुङ नगरपालिका- १ माझी बस्तीका स्थानीय खानेपानीको समस्याले सताई रहेको छ। खानेपानीको चरम अभावलाई टार्न खानेपानी आयोजना निर्माण भयो तर धारा बनेको एक वर्षसम्म पनि खानी आउँदैन। माझी बस्तीका स्थानीयहरूले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर उपभोग गर्दै आएका छन्।खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले तीन वर्ष अघि शुरु गरेको माझीबस्ती लिफ्ट खानेपानी योजनाको पूर्वाधार निर्माण सम्पन्न भए पनि पानी आउन नसक्दा घरमा रित्तो

अप्ठ्यारो भीरमा हर्क साम्पाङ, श्रमदानमा सयौँ सहभागी (फोटो फिचर)

धरान २० मा रहेको पकुवा खोलाबाट पानी लैजान भन्दै धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको आव्हानमा यतिबेला श्रमदान भइरहेको छ । विगत ४ हप्तायता सार्वजनिक बिदाको दिन पकुवा खोलामा सयौँ सर्वसाधारण नगर प्रमुख साम्पाङसँगै श्रमदानमा जुट्छन् । यो अभियानले धरानको वडा नम्बर ११ मा देखिने पानी अभाव टार्न सकिने सर्वसाधारण बताउँछन् । तर, श्रमदानमा ११ नम्बर वडाका मात्रै होइन धरानका प्रायजसो सबै वडाका मानिस त्यहाँ पुगेका छन् ।साम्पाङ आफैँ पाइप तान्न अप्ठ्यारो भीरमा पुगेका छन् । उनको साथमा सर्वसाधारणहरुले काम

पानीको अभाव टार्न बोरिङ प्रविधि प्रयोग गरिँदै

पर्वत-हिउँदको समयमा खानेपानीको अभाव हुँदै आएको पर्वत सदरमुकाम कुश्मा बजारमा बोरिङ गरी निकालिएको पानी आपूर्ति गरिने भएको छ । अहिलेसम्म रहेका तीनवटा स्रोतबाट ल्याइएको पानीले माग धान्न सकेको छैन ।गर्मी याम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । जसलाई समाधान गर्न करिब बोरिङ गरी पानी निकाल्ने तयारी गरिएको छ । शिवालय कुश्मा खानेपानी […]

खानेपानी अभाव टार्न ‘डिप बोरिङ’

सुक्खा सिजनमा सदरमुकाम कुश्मा बजारमा बर्सेनि हुने खानेपानीको अभाव टार्न शिवालय खानेपानी उपभोक्ता समितिले दीर्घकालीन समाधानको उपाय खोजेको छ । समितिले करिब दुई सय मिटर गहिरो जमिनबाट पानी तानेर बजारमा वितरण गर्न लागेको हो ।

वर्षौंदेखि खानेपानीको हाहाकार‚ अभाव टार्न आकाशे पानी संकलन

धनकुटा : साँगुरीगढी गाउँपालिका-५ ध्वजेडाँडाका दुर्गाबहादुर तामाङ प्रत्येक बर्खामा परेको पानी आफूसँग भएका ड्रम, घैंटो र बोतलमा भरेर राख्छन्। यस्तै‚ डाँडाबजारको सिमानामा रहेका मोरङको केराबारी गाउँपालिका-१ थामडाँडाकी पवित्रा राईको पनि आँगनभरि पानी भरिएका प्लाष्टिकका बोतल छन्।साँगुरीगढी-५ को ध्वजेडाँडा, लुम्फाजुङ र केराबारी-१ पाटीगाउँको थामडाँडाका गरी ३५ घर परिवारले यसरी नै बर्खाको पानी जम्मा गरी हिउँदमा संकट टार्दै आएका छन्। यी गाउँका धेरैजसो स्थानीयको यस्तै बाध्यता छ। हिउँदमा पानीको संकट टार

घरमै इनार र ट्यांकीको व्यवस्थापन गरिए टार्न सकिन्छ खानेपानी अभाव

काठमाडौं । नेपालमा पुग्दो खानेपानी आपूर्ति समस्या मुलुकभरि नै व्याप्त छ ।  अझ खानेपानी अभावको नमुना राजधानी सहर काठमाडौंलाई लिन सकिन्छ ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रतिवेदनले यहाँको दैनिक खानेपानी माग ४० करोड लिटर माथि रहेको र आपूर्ति १५ करोड लिटर हाराहारी मात्र रहेको देखाउँछ । यसले पनि देखाउँछ खानेपानी अभाव अवस्था । मेलम्ची खानेपानी आयोजना सञ्चालन भएर उपलब्ध हुने पानीले समेत राजधानीको खानेपानी अभावलाई पूर्णतः निर्मूल गर्न नसक्ने तथ्यांक छ ।  अझ करिब परीक्षणकाल सम्पन्न गरिसकेको मेलम्ची परियोजना बाढीपहिरोका कारण पुनः अनिश्चित भइदिँदा राजधानीका बासिन्दा र नयाँ घर बनाउनेहरूले भविष्यमा पानी अभावलाई कसरी धान्ने भन्नेबारे गम्भीर भएर सोच्नु आवश्यक छ ।  यस्तो विषम अवस्थालाई झेल्न सहयोगी उपाय हुन सक्छ, घरमा इनार र रिजर्भ ट्यांकीको उचित तरिकाले निर्माण र समायोजन । घर, टोल वा सार्वजनिक जमघटको स्थान नजिकै इनार खन्ने र पिउन तथा अन्य प्रयोजनका लागि चाहिने आवश्यक पानी आपूर्ति गर्ने नेपालको परम्परागत चलन हो ।  खानेपानी अभावलाई सरकारले सुल्झाउन नसकेको र थप विकराल बन्दै गएको अवस्थामा घर बनाउँदै छौं भने इनार खन्ने चलन अझै पनि उपयोगी हुन सक्छ । हुन त विभिन्न अध्ययनले काठमाडौंको भूमिगत पानीको स्रोत घट्दै गएको देखाएको छ ।  तर, विज्ञहरूले भूमिगत पानीको स्रोतलाई पुनभरण (ग्राउन्ड रिचार्ज) को उपाय पनि सुझाएका छन् ।  काठमाडौं उपत्यकाको अधिकांश ठाउँमा इनार खन्ने चलन अद्यापि छ भने निश्चित गहिराइमा पुगेपछि पानीको स्रोत भेटिने गरेको छ ।   काठमाडौंमा बर्खाको समय इनारमा प्रशस्त पानी जम्मा हुने गर्दछ भने सुक्खायाममा प्रतिदिन ठाउँअनुसार ५० देखि १०० लिटरसम्म पानी इनारमा जम्मा हुने गर्दछ ।   सुक्खायाममा जम्मा हुने ५०–१०० लिटर पानी सानै परिवारलाई पनि अपुग हुन्छ ।  यद्यपि घर निर्माण गर्ने समय सकेसम्म अधिक क्षमताको रिजर्भ ट्यांकी बनाउन सके बर्खाको पानी ट्यांकीमा जम्मा गरी सुक्खायाममा केही समयका लागि उपयोग गर्न सकिन्छ ।  विभिन्न अध्ययनले सुझाएअनुसार एक व्यक्तिलाई दैनिक आवश्यक पर्ने करिब ७५ लिटर पानीलाई आधार मान्दा कुनै घरमा २ परिवार गरी ८ जना छन् भने तिनलाई मासिक १८ हजार लिटर पानी चाहिन्छ । यदि उक्त घरमा २४ हजार लिटर क्षमताको रिजर्भ ट्यांकी छ भने वर्षायाममा उक्त ट्यांकी भर्न कुनै समस्या हँुदैन ।  सुक्खायाममा इनारमा जम्मा हुने थोरैथोरै पानी र रिजर्भ ट्यांकीमा साँचेर राखिएको पानीलाई किफायत गरी प्रयोग गरिए झन्डै २ महिना धान्न सकिन्छ  ।  इनारमा जम्मा हुने पानी र ट्यांकीमा जगेडा राखिएको पानीले बाहै्र महिना अभाव धान्न नसकिए पनि केही मात्र भए पनि पूर्ति गर्न सक्ने यो उदाहरणले देखाएको छ ।  यसका अलावा सरकारी धाराले साता–दस दिनमै भए पनि केही क्षण आपूर्ति गर्ने पानीलाई समेत जोडेको खण्डमा निजी ट्यांकरबाट महँगोमा खानेपानी किन्नुपर्ने अवस्था हटाउन सकिन्छ । निजी ट्यांकरबाट पानी किन्नुपर्ने अवस्थामा पनि आफ्नो घरसम्म पुग्ने बाटो ठूलो छ भने ठूलो ट्यांकरको पानी खरिद गरे केही सस्तो पर्ने हँुदा खानेपानी जगेडा राख्न ट्यांकी ठूलो राखिनु बुद्धिमानी हुन्छ ।  काठमाडौंमा बिक्री वितरण गर्ने खानेपानी ट्यांकर ७ हजार वा १२ हजार लिटर क्षमतालाई विचार गर्दा घरको रिजर्भ ट्यांकीको क्षमता कम्तीमा १२ हजार लिटर भए खानेपानी सञ्चित गर्न तथा किन्नैपर्ने अवस्थामा पनि धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ । रिजर्भ ट्यांकी भूमिगत निर्माण गर्न मिल्ने र त्यसमाथि पार्किङ वा अन्य आवश्यक निर्माण गर्न मिल्ने भएकाले अतिरिक्त जग्गा चाहिने होइन । त्यसैले घर निर्माण गर्ने समय भविष्यमा पानी अभावलाई कम गर्न सकिने किसिमले रिजर्भ ट्यांकी बनाउनु सही निर्णय हुन सक्छ ।   त्यस्तै, इनार बनाउँदा त्यसको नजिकै पुनभरण (रिचार्ज ग्राउन्ड) का लागि खाली जग्गा, करेसाबारी वा दुबो रोपेर राख्न सकिन्छ । जहाँबाट बर्खामा परेको पानी, घरको छाना वा छतबाट खसेको अतिरिक्त पानीलाई गटर वा पाइपको माध्यमबाट पर्‍याउन सके उक्त पानी इनारमै पुग्ने हुँदा घर वरिपरि उपलब्ध सानै जग्गा उपयोग गरेर इनारमा हुनुपर्ने भुमिगत पानी अवशोषणको माध्यमलाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ । सामान्य प्रयासबाट सहरले भोग्दै आएको खानेपानी अभावलाई टार्न आफ्नो तर्फबाट सानै भए पनि भूमिका खेल्न सक्छौं ।