सोलुखुम्बु – पानी सुकाएर बगरमा परिणत भएसँगै अहिले सोलुखोला क्रसरहरुको नदीजन्य पदार्थ उत्खनन गर्ने थलो बनेको छ । खोलामा पानी नभएपछि क्रसर उद्योगहरुले गाडी नै खोलामा लगेर ढुंगा तथा बालुवा उत्खनन गर्न थालेका छन् । क्रसर उद्योगहरुले सोलुखोलाको बीचबाट धमाधम ढुंगा निकालिरहेका छन् ।
स्थानीयहरु खाेलाबाट ढुंगा निकाल्ने काममा लागेका छन् । रोजगारी दिने भन्दै क्रसर उद्योगीहरुले आफूहरुलाई खोलाभित्रको ढुंगा निकाल्न लगाएको स्थानीय रमन तामाङ बताउनुहुन्छ । जल विद्युत् आयोजनाले सामान्य मापदण्ड पालनामा ख्याल नगर्नु ...