काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग गरेको चुनावी तालमेल परिणाममुखी हुन नसकेको विश्लेषण गरेका छन्। काठमाडौंमा सोमबार आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रतिवेदन पेश गर्दै थापाले एमालेको उदासीनताको कारणले निर्वाचनमा उपलब्धि प्राप्त गर्न नसकेको बताएका हुन्। ‘हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हाम्रो कुनै महत्वाकांक्षा र अपेक्षा थिएन। पार्टी खडा भएको छोटो अवधिमा नै चुनावमा जानुपर्ने ब