धनगढी : नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल पुस २७ गते सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्त भए।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका रावलले नियुक्त भएकै भोलिपल्ट पद तथा गोपनीयताको शपथ लिए।
त्यसै दिन रावलले सानो आकारको मन्त्रिमण्डल पनि विस्तार गरे। सो दिन मुख्यमन्त्री रावलले दुईजना मन्त्रीलाई नियुक्त गरेर शपथ खुवाए।
नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता खगराज भट्ट र एमालेकी सन्तोष थापा शर्माले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए। अहिलेसम्...