सिकिस्त भएर अस्पताल आउँदा बचाउन कठिन

चिकित्सकहरूका अनुसार बिरामीहरू सकेसम्म अस्पताल जानै नपरे हुन्थ्यो भन्ने चाहन्छन्। अस्पतालसम्म पुग्न ढिलाइ गर्दै घरमै बसेर आफुखुसी औषधि खाइरहेका हुन्छन्। अन्तिम अवस्था आइपरेपछि मात्र बल्ल अस्ताल पुग्ने चलन छ। अन्तिम अवस्थामा अस्पताल पुग्दा बचाउन कठिन हुने गरेको चिकित्कसकको भनाइ छ।

सम्बन्धित सामग्री

समयमै अस्पताल नपुग्दा मस्तिष्कघात बन्छ घातक

मस्तिष्कघातका बिरामी ढिलो गरी अस्पताल आउँदा पूर्ण रूपमा निको पार्न र बचाउन कठिन हुने गरेको छ । मस्तिष्कघात भएको ३० मिनेटदेखि तीन घण्टासम्म अस्पताल पुर्‍याएर विज्ञ चिकित्सकबाट उपचार गराउन सकेको अवस्थामा मस्तिष्कघात पूर्ण रूपमा ठिक हुने सम्भावना बढी रहन्छ तर बिरामी ढिलो गरी अस्पताल आइपुग्दा बचाउन कठिन हुने गरेको हो । ढिलो उपचार गर्दा बिरामीलाई पहिलेको अवस्थामा पूर्ण रूपमा ल्याउन नसकिने सम्बन्धित विज्ञहरूको भनाइ छ । वरिष्ठ न्युरोरोग विशेषज्ञ डा. लेखजङ्ग थापाले मस्तिष्कघात भएका बिरामी अस्पतालसम्म आउँदा बचाउन सक्ने अवस्था तथा पहिलेकै जस्तो अवस्थामा ल्याउन सक्ने समय गुज्रिसक्ने बताउनुभयो ।

आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण

आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्धारा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन्।मन्त्री खाँणले अत्याधुनिक उक्त ८ वटा भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनुअघि बाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताए  । कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपमा अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कम गर्न सहयोग गर्ने  विश्वास व्यक्त गरे  । उनले भने 'नेपाल प्राकृतिक र अन्य विपद्को ठूलो जोखिममा रहेको तथ्य हामी सबैलाई जानकारी नै छ । कठिन भौगोलिक अवस्थाको कारणले गर्दा हाम्रो देश भूकम्प, बाढी र पहिरोको उच्च जोखिममा छ । त्यसैगरी भविष्यमा कोभिड जस्ता ठूला महामारीको सम्भावना पनि उत्तिकै छ । त्यस्तै, सडक, हवाई र निर्माण सम्बन्धी ठूला दुर्घटना हुने सम्भावना पनि रहन्छ नै । त्यसैले जनताको जीवन रक्षाका लागि सधैं तयार रहनु अति आवश्यक छ ।' कम्पनीका अनुसार यो अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिन्छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ ।  यी भेहिकलहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरूछन्। त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन् । यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा छन्

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन

भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ ।जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै […]

अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

अस्पतालमा छैन अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर। भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न समस्या भएको छ। अक्सिजन अभावका कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन कठिन भएको छ।भक्तपुर अस्पतालमा मंगलबारदेखि अक्सिजन सकिएको छ। अक्सिजन अभावले अस्पताल भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ।

सरकार निकम्मा हुँदा उपचार पाउन कठिन

बिरामीले अस्पताल भरिभराउ भएपछि जोकोहीले पनि उपचार नपाउने अवस्था आएको छ। सरकारी र निजी अस्पतालमा बिरामीको चाप बढेपछि आफन्तलाई समेत बचाउन नसकिएको भन्दै शीर्ष नेताहरूले दुःख व्यक्त गरेका छन्।...

सुदूरपश्चिममा कोरोना भयावह : अक्सिजनको चरम अभाव

धनगढी : टीकापुर अस्पतालमा उपचाररत संक्रमितमध्ये गएको दुई दिनमा १० जनाको मृत्यु भइसकेको छ। अस्पतालमा १३ जना कोभिड–१९ एचडियुमा भर्ना छन्। ३५ जना शंकास्पद संक्रमित डाक्टरको निगरानीमा छन्। अस्पतालमा शय्या अभाव हुँदा उनीहरूको अस्पताल बाहिर आँगनमा राखेर उपचार भइरहेको छ।अस्पताल विकास समितिका अध्यक्ष दीपक रावल भन्छन्, ‘समुदायमा संक्रमण फैलिसकेको छ। जटिल संक्रमितलाई बचाउन कठिन छ।’ संक्रमित बढेसँगै टीकापुर अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ। ‘अहिलेसम्म जसोतसो गरी

प्रदेश १ मा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ जना पुग्यो

प्रदेश १ मा कोरोनाको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यता हालसम्म उनीहरुको विभिन्न कोभिड अस्पताल एव होम आइसोलेसनमा मृत्यु भएको हो।पछिल्लो एक सातायता प्रदेशमा दैनिक ८ जना संक्रमितले ज्यान गुमाउँदै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोभिड अस्पतालहरूका अनुसार पनि वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको छ । बिराट मेडिकल कलेजका निर्देशन डा ज्ञानेन्द्रमान सिंह कार्कीले अस्पताल भर्ना भएका बिरामीलाई बचाउन कठिन हुँदै जादा संक्रमितको मृत्युदर उच्च

चिकित्सक भन्छन्ः बिरामी बेलैमा आए भुइँमा राखेर भएपनि उपचार गर्छाै

शारिरिक अवस्था कमजोर भएर अस्पताल पुगेका कतिपय व्यक्तिमा त कोरोना नै पुष्टि भएको हुँदैन, तर, अवस्था भने नाजुक भईसकेको हुन्छ । कठिन अवस्थामा अस्पताल पुगेका बिरामीलाई बचाउन धौधौ हुने गरेको चिकित्सक बताउँछन ।

दमरोगी जोगाउन स्याहार

मानिसमा कोरोना भाइरस सङ्क्रमण भइसकेपछि सबैभन्दा पहिला फोक्सोमा असर गर्दछ । छातीसम्बन्धी रोग लागिसकेका व्यक्तिलाई कोरोना सङ्क्रमणले झनै जटिल बनाउँछ । कोरोनाका कारण मृत्यु हुनेमा पनि दीर्घरोगीहरू पर्ने भएकाले चिसोमा दम रोगीलाई अझ बढी जोगाउनुपर्ने चिकित्सकको भनाइ छ । चिकित्सकका अनुसार पछिल्लो समय दम रोगको समस्याबाट पीडित रहेका मानिस अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन् । हल्का समस्या आउँदा घरमै बस्ने र जब मानिसलाई धेरै गाह्रो हुन थाल्छ, त्यो बेला मात्र अस्पताल पुग्ने हुँदा बचाउन कठिन हुन्छ । दम रोगीलाई जोगाउन घरमा पनि बढी स्याहार जरुरी हुन्छ ।