सुदूरपश्चिम। नेकपा (एमाले)कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कार्वाही गर्न माग गरेका छन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्रसिंह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कार्वाही अघि बढाउन माग गरेका हुन्। विज्ञप्तिमार्फत उनले कार्वाहीका लागि मुद्दा दर्ता गर्दा मन्त्रीको उजुरीसमेत कमजोर बनाउने खेल थालिएको भन्दै असन्तुष्टि व्यक्त गरे।